कैलाली: कैलालीबाट काठमाडौं गएको बसबाट गाँजासहित १ जना पक्राउ परेका छन्। कैलालीको टिकापुरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बसबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारी रहेका छन्। उनको साथबाट १ किलो ७ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिकृया दिनुहोस