पानी रोकिएको हप्तादिन भित्र साँफे मार्तडी र मार्तडी कोल्टी सडक खुल्छ : प्रजिअ अधिकारी

नजिक न्युज संवाददाता    

पानी रोकिएको हप्तादिन भित्र साँफे मार्तडी र मार्तडी  कोल्टी सडक खुल्छ : प्रजिअ अधिकारी

बाजुरा : पानी रोकिएको हप्तादिन भित्र साँफे मार्तडी र मार्तडी कोल्टी सडक सञ्चालन गर्ने गरि काम गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । सडकमा डोजर निर्माणका लागि तयार राखिएपनि पानीका कारण सडक सञ्चालनमा ढिलाई भएको अधिकारीले बताएका छन् । 

रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै उहाँले एक दुई दिन भित्र साँफे मार्तडी सडक सञ्चालन भइसक्ने र त्यस लगत्तै मार्तडी कोल्टी सडक सञ्चालनमा आउने बताएका छन् । उहाँले केही ग्रामिण सडक बाहेक मुल सडक दशै अगाडि नै सञ्चालनमा आउने बताएका छन् ।

सडक समस्याकै कारण जिल्ला बासीले महँगी, अभाव र सास्ती भोग्नु परेको उहाँको भनाई छ । भौगोलिक कारण बाजुरा बासीले यो समस्या केही वर्ष अझै भोग्नु पर्ने बताउँदै उहाँले वैकल्पिक सडक मार्ग निर्माण पछि मात्र सहज हुने बताएका छन् । 

साँफे मार्तडी सडकको अवस्था सुधार तत्काल हुने अवस्था छैन्, अर्को वर्ष पनि बर्षादमा यही समस्या दोहोरीने खतरा छ, त्यसको दीगो समाधानका लागि पहल पक्रिया भइरहेको जानकारी गराएका छन् । बजारमा महँगी बढ्न सडक प्रमुख कारण भएपनि अस्वभाविक र मनोमानी मूल्य वृद्धि लिएको पाइएमा व्यापारीलाई कारवाही गर्ने अधिकारीको भनाई छ ।

प्रशासनको पहुँच रहने ठूला बजारमा तत्काल अनुगमन गर्ने र केही साना बजारमा स्थानीय तहलाई नै अनुगमन गर्न अनुरोध गर्ने बताएका छन् । अस्वभाविक महँगी भोग्न नपरोस भन्ने कुरामा प्रशासन सचेत रहेको बताएका छन् । 

खाद्यन्न अभावको विषय पनि सडक सँगै जोडिने भएकोले केही दिनमै त्यसको पूर्ति हुने गरी प्रक्रिया अघि बढीसकेको प्रजिअ अधिकारीले बताएका छन् । उहाँले शदै तिहार विशेष सुरक्षा योजना अघि सारिएको र रात नौ बजे पछि बजार खुला गर्न नपाईने र मदिरा सेवन गरि होहल्ला गर्ने र बजारमा डुलेको अवस्थामा कारवाही गर्ने सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

उहाँले कोरोनाको क्षति कम हुने जिल्लामा आफूहरु परेको भएपनि अझै जोखिम नघेटेकोले सबै साधान हुनु पर्ने र अनिवार्य १८ वर्ष माथिका सबै नागरिकले खोप लगाउनु पर्ने सुझाव दिएका छन् । उहाँले विद्यालय सञ्चालन पनि पहिलो जोखिम बाजुराले नै लिएको र केही हदसम्म सफल भइएको धारणा राखेका छन् । 



शुक्रबार ०८, असोज २०७८ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.