कविता : जीन्दगी हरकोहीको जीन्दगी !

नजिक न्युज संवाददाता    

कविता : जीन्दगी हरकोहीको जीन्दगी !

       जीन्दगी, म जस्तै हरकोहिले जिउने जीन्दगी,,
काँडाबिच फुलेको जीन्दगी र सुःखसयलको जीन्दगी 

साहेद जोकोहीलाई लाग्दो होला, कसैलाई आहा जिन्दगी कसैलाई डाहा जीन्दगी,, 
     फरक यत्ति हो, आहामा रमाउन सकियो डाहामा जल्न सकियो 

              आखिर जे जस्तो भएपनि जीन्दगी जीन्दगी नै हो ।
   अहिले म जीउँदै छु, मेरो जीन्दगी तपाइ जीउँदै हुनुहुन्छ आफ्नो जीन्दगी 
   जीन्दगीका हरेक खुट्किला पार गर्दै सर्बोच्चको शिखरमा पुगेको जीन्दगी पनि आखिर जीन्दगी नै ।
   आफ्नो भोको पेट भर्नको लागि रातदिन नभनी परिश्रम गरी बिताएको पनि जीन्दगी 

        जीन्दगी जीउने कला पनि फरक फरक हुँदैछन् यहाँ, आजभोली, 
कसैले नुनको सोझो भएर अरुको अधिनमा रहि बिहान बेलुका काम गरेर काट्नुपर्ने त,,,
कसैले हुकुम चलाउँदै, गुन्डागर्दी तरिकाले अरुलाइ दुख दिएर जीएको पनि जीन्दगी 
उदेक लागेर आउँछ,, यहाँ हरेक पाइला पाइलामा होस् र जोश राख्नुपर्ने 

  कसैको भन्दैमा बित्ने त कसैको गर्दैमा बित्ने जीन्दगी,, चल्दै छ यहाँ हरकोहिको जीन्दगी 
समय अनुसार फरक फरक तरिकाले, फरक सोच र बिचारले हरेक दिनहरु ढल्दैछन् 
कसैको मोज मस्ती यासआराम, कसैको बिहान खाए बेलुका के खाने पिरलोले दिन जल्दैछन्,,

   कहिलेकाहिँ यस्तो लाग्छ, कतै जीवन नबुझेर जीन्दगी त सकिदैन् 
यहाँ मलाई मात्र होइन् जीउने हरेक ब्यक्तीलाई लाग्दो हो सायद 
जीन्दगीप्रती गुनासो रहिरहन्छ होला, जीन्दगी नबुझेरै सकिन्छ होला,, 
खैके,, खैके जीन्दगी हरकोहीको जीन्दगी 
समय अनुकुल बित्ने जीन्दगी,,, मौसमसंगै परिवर्तित जीन्दगी,,
खैके–खैके जीन्दगी जीउने हरकोहीको जीन्दगी ।

रचनाकार : सरिता नेपाली 



शुक्रबार ०८, असोज २०७८ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.