काँग्रेस बाजुराको वडा अधिवेशन ५० बढीमा सहमति : त्रिवेणी ४ मा निर्वाचन, पौडेल पक्ष विजयी

१५ बढी वडामा अझै सकस कायमै

नजिक न्युज संवाददाता    

काँग्रेस बाजुराको वडा अधिवेशन ५० बढीमा सहमति :  त्रिवेणी ४ मा निर्वाचन, पौडेल पक्ष विजयी

बाजुरा : नेपाली काँग्रेस बाजुराको वडा अधिवेशन अन्तरगत ५० बढी वडाको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । अधिकांश सबै शिर्ष नेताहरुका वडाहरुमा सर्वसम्मत वडा नेतृत्व चयन गरिएको पाइएको छ । 

पार्टी सभापति कविराज पण्डित, केन्द्रीय सदस्य बद्री पाण्डे, नेता जनकराज गिरी, देवराज जोशी, मनबहादुर रावल, रामसिंह रावल, महा नेपाली, पदम शाही, जुना दानी, नरेन्द्र कुमार रोकाया लगायतका नेताहरुको वडामा सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधी छनोट गरिएको छ । 

५० बढी वडाको नेतृत्व घोषणा सहीत सपथ ग्रहण कार्यक्रम समेत समापन भइसकेको काँग्रेस जिल्ला अधिवेशन निर्वाचन समितिले बताएको छ । सभापतिका आकांक्षी रहेका नेताहरुको वडामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । 

हालसम्म सभापतिका लागि दाबी गरेका पार्टी सभापति कविराज पण्डित, महा नेपाली, रामसिंह रावल, पदम शाही, धनराज पण्डित र चक्र बहादुर शाहले आफ्नो वडालाई सर्वसम्मत नेतृत्व चयन गर्न सफल हुनु भएको छ ।

नौ वटा स्थानीय तहका ६९ वटा वडा मध्ये हालसम्म त्रिवेणी नगरपालिका ४ तोलीमा भने मतदान भएको छ । भने अन्य १५ बढी वडामा अझै नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको छ । 

बढी सकस देखिएको बुढीगंगा नगरपालिका ४ र त्रिवेणी नथरपालिका २ मा भोलि विहान घोषणा हुने बताइएको छ । ६८ वडामा सहमतिमा नयाँ नेतृत्व चयन गरिएको र १ वटामा मात्र चुनाव भएको पार्टी अधिवेशन प्रचार समिति सहसंयोजक प्रेम रौलेले जानकारी दिएका छन् ।

त्रिवेणी नगरपालिका ४ मा भएको निर्वाचनमा १ सय ६० मत खसेको र त्यो मध्ये सिंगो टिम नै पौडेल पक्षको विजयी भएको छ । १६ जना प्रतिनिधी मध्ये पनि अधिकांश पौडेल पक्षकै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचनमा नरबहादुर साउँद विजयी भएका छन् । साउँदे ८१ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्दी  खडक साउँदले ६४ मत ल्याएर पराजित भएका छन् । यस्तै उपाध्यक्षमा दिर्घ बहादुर साउँद, हिरे साउँद सचिव विक्रम साउँद र आशिष साउँद सहसचिव कविता थापा र देबु साउँद निर्वाचित भएका छन् । 



बिहिबार ०७, असोज २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.