जनप्रतिनिधीले कानुन बमोजिम नै सेवासुविधा लिएको बडिमालिकाको स्पष्टीकरण

नजिक न्युज संवाददाता    

जनप्रतिनिधीले कानुन बमोजिम नै सेवासुविधा लिएको बडिमालिकाको स्पष्टीकरण

बाजुरा : बडिमालिका नगरपालिकाका जनप्रतिनिधीले अस्वभनिय सुविधा लिएको बारे प्रकाशित समाचार प्रति नगरपालिकाले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको बताएको छ । नगर उप्रमुखको सञ्चार खर्चकै विषयलाई प्रमुख विषय बनाएको समाचारमा सत्यता भएपनि त्यो कानुन बमोजिम भएको नगरपालिकाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रदेश सरकारले नै लिन पाउने गरि कानुन निर्माण गरिसकेको अवस्थामा सुविधा लिएको विषय माथि टिकाटिप्पोणी सान्दर्भीक नहुने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले हस्ताक्षर गरेको विज्ञप्तीमा व्यक्तिगत चरित्र हत्या गर्ने गरि समाचार प्रकाशित गर्नु दुखत विषय भएको उल्लेख गरेको छ । 

बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टको तस्विर राखेर वार्षिक मोवाइल खर्च ७२ हजार शिर्षकको समाचार २०७८ साल असोज ५ गतेको डेटलाइनमा प्रकाशित गरिएको छ । नगरपालिकाले कानुनले दिएको सुविधा भोगगर्दा पनि चरित्र हत्या गर्ने नियतका साथ समाचार प्रकाशित गरिएको प्रति आपत्ती जनाएका छन् ।

नेपालको संविधानको धार २२७ मा गाउँ तथा नगरसभाको सदस्यले पाउने सेवा सुविधाको सम्बन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था अनुसार सुदुरपश्चिम प्रदेश सरकारले स्थानीतहका पदाधिकारीहरु तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७६ को दफा ३ को उपदफा १ मा उल्लेख गरिएको छ ।

कानुन अनुसार नै लिएको सुविधाका सम्बन्धमा महालेखा परिक्षकको आर्थिक वर्ष २०७६÷७७ को लेखा परिक्षण प्रतिवेदन दफा २० मा रहेका उल्लेख विवरणलाई लिएर विभिन्न अनलाइन मिडियाले जनप्रतिनिधिलाई बदनाम गर्ने नियतले व्यक्तिगत तस्विर र शिर्षक राखि समाचार प्रसारण गरेको प्रति ध्यानार्षण भएको बताएको छ ।

आचार संहिताको दफा ५ ( २) को वर्षिलाप प्र्रतिवेदनलाई तोडमोड गरि ४७ जना पदाधिकारीहरु भएको पालिकामा १ जना उपप्रमुख महिला भएकै कारण बदनाम र हतोत्साहित गराउने दुर्नियतले समाचार सम्प्रेषण गरेकोले कानुन बमोजिम प्रदेश कानुन बमोजिम नै पदाधिकारीले पाउने सेवा सुविधा उपलब्ध गराएकोले कारवाहीको माग समेत गरेको छ । 

यस विषयमा भ्रममा नपर्न पनि समेत नगरपालिकाले आग्रह गरेको छ । बडिमालिका नगरपालिकाका जनप्रतिनिधीले बार्षिक एक करोड बढी थप सुविधा वापत मात्र रकम लिएका छन् । 

 

 



बुधबार ०६, असोज २०७८ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.