एमाले बुढीगंगा नगर कमिटीले नगर प्रोफाइल बनाउने, वडा कमिटीलाई थप शसक्त बनाउने  निर्णय

नजिक न्युज संवाददाता    

एमाले बुढीगंगा नगर कमिटीले नगर प्रोफाइल बनाउने, वडा कमिटीलाई थप शसक्त बनाउने  निर्णय

बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले वडा तहका कमिटीलाई बलियो र शसक्त बनाउने निर्णय गरेको छ । पार्टी कमिटीको स्थायी जगका रुपमा रहेका वडा तहका सबै कमिटीलाई शसक्त र बलियो बनाउने नगर स्तरीय अगुवा कार्यकर्ता भेलाबाट निर्णय गरेको छ ।

वडा संगठन कमिटीको पुर्र्नगठन अभियान सहीत घरभेट तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । नगर भित्रका १० वटै वडामा सिंगो नेताहरुको टिमले एकसाथ घरदैलो गर्ने निर्णय पनि अगुवा भेलाले गरेको छ ।

अगुवा भेलाबाट बुढीगंगा नगरपालिकाको प्रोफाइल समेत निर्माण गर्ने भएको छ । नगरको चिनारी झल्कीने गरि बुढीगंगा नगरपालिकाले आफ्नो प्रोफाइल समेत चार वर्षसम्म बनाउन नसकेपछि नगर कमिटीले आफ्नै लगानी र जनशक्ति परिचालन गरेर निर्माण गर्ने निर्णय गरेको छ ।

पार्टी नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि नेकपा एमालेका नेता देवबहादुर थापा रहनु भएको थियो । पुराना कम्यूनिष्ट नेता समेत रहेका नेता थापाले पार्टीमा पद नपाएर स्वार्थ लुट्न नसकेकाहरु मात्र चोइटीएर गएकोले निराश हुानु पर्ने अवस्था नरहेको बताएका छन् ।

बुढीगंगा नगरपालिका जित हार प्राविधिक विषय थियो, एमालेका जनमत र शक्ति संघ र प्रदेशको निर्वाचनमा देखाइसकिएकोले त्यसमा पनि सुधार गर्ने र लाल किल्ला घोषणाको अभियानमा युवा, विद्यार्थी, जेष्ट नागरिक सहीत सबै नेता कार्यकर्ता मैदानमा उत्रिसनु पर्ने थापाले धारणा राख्नु भएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथि समेत रहेका नेता भरत थापाले बुढीगंगा नगरपालिकाको मुहार फेर्ने योजना र दृष्टीकोण एमाले बाहेकसँग नभएको पुष्टी वर्तमान नगर कार्यपालिकाले प्रमाणित गरिसकेको बताएका छन् । 

आगामी स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई खोजी खोजी मतदान गर्ने कुरा एमालेमा युवा आकर्षणले नै पुष्टी गरिसकेको दाबी गरेका छन् । थापाले नगर सहीत सिंगो बाजुरा जिल्लामा पार्टी विभाजनको असर परेको नभइ यसो खबरमात्र आइपुगेकोले निराश हुनु पर्ने अवस्था नरहेको बताएका छन् ।

No description available.२ सय बढी नेता कार्यकर्ता उपस्थिति रहेको अगुवा कार्यकर्ता भेलामा नेताहरु हिक्मत थापा, दीलबहादुर कुँवर, देबु खाती, कृष्ण थापा, पदम भण्डारी सहीतले धारणा राख्नु भएको थियो ।  

पार्टी नगर कमिटी सदस्य विमला थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नगर कमिटी सचिव हेमराज जैशीले सञ्चालन गर्नु भएको थियो । भेलामा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशीका बारे छलफल भएको थियो । भने यो महिना भित्र सदस्यता नविकरण र नयाँ सिफारिस गरिसक्ने निर्णय समेत गरेको छ ।

 



मङ्गलबार ०५, असोज २०७८ ०८:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.