एमालेमा युवा आकर्षण बढ्यो : बाजुराको बुढीगंगामा ५० बढी युवा काँग्रेस त्यागेर एमालेमा प्रवेश

नजिक न्युज संवाददाता    

एमालेमा युवा आकर्षण बढ्यो : बाजुराको बुढीगंगामा ५० बढी युवा काँग्रेस त्यागेर एमालेमा प्रवेश

बाजुरा : बुढीगंगा नगरपालिका ८ का ५० बढी युवाले नेपाली काँग्रेस परित्याग गरि नेकपा एमाले रोजेका छन् । राष्ट्र, राष्ट्रियता र देशको भविष्य बोकेको पार्टी एमाले नै रहेको निष्कर्ष सहीत युवाहरुले नेकपा एमाले रोजेका हुन् ।

नव प्रवेशी युवाहरुलाई नेकपा एमाले नेता भरत थापाले औपचारिक कार्यक्रमका बीच स्वागत गरेका हुन् । बुढीगंगा नगरपालिका जितेर पनि जितको आभाष गर्न नपाएको र जनजीवीकाका सवालमा काँग्रेस नेतृत्वको स्थानीय सरकार लाचार र गैर जिम्मेवार देखिएको निष्कर्ष सहीत एमाले रोजेको युवाहरुको भनाई छ ।

काँग्रेस त्यागेर एमाले रोज्नेमा बुढीगंगा नगरपालिका ८ का विराज रावल जमिन, विरु कुमाल, रुपक कुमाल, सुरुत रावल, भीम ओड, देव ओड, राकेश रावल, दिनेश कुमाल, नर कुमाल सहीत रहेका छन् । आफू सहीत सिंगो परिवारलाई समेत एमालेमा आवद्ध गराउने बचन नवप्रवेशी युवाहरुले दिएका छन् । 

काँग्रेसमा सरकारको नेतृत्व गर्ने देखि गाउँ स्तरको नेता कार्यकर्तामा कुनै नयाँ विचारको बहस र युवा वर्गका लागि प्रष्ट योजना नदेखिएकोले एमाले राजेको नवप्रवेशी विराज रावल जमिनले बताएका छन् । रावल नेपाली काँग्रेसका युवाहरु माझ चर्चीत अनुहार हुन् ।

नेकपा एमाले बुढीगंगा ८ नम्बर वडा कमिटी आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नवप्रवेशीलाई स्वागत गरेको नेकपा एमालेका नेता भरत थापाले बताएका छन् । नेपाली जनताको मनमा नेकपा एमाले रहेको र युवाहरुको विश्वास पनि ओली माथि नै रहेको भन्ने पुष्टी युवा आकर्षणले देखाएको नेता थापाको दाबी छ ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी भित्रको आपसी समस्याले स्थानीय तह काँग्रेसको पक्षमा गएपनि आगामी निर्वाचनले ठिक उल्टो परिणाम आउने नेकपा एमाले नेता हिक्मत थापाले बताएका छन् । 

वडा कमिटी अध्यक्ष नौले सुनारको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि नेकपा एमाले नेता भरत थापा रहनु भएको थियो । भने एमाले नेता हिक्मत थापा, कृष्ण थापा, केशवराज जैशी, धर्मराज जैशी अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन भोजबहादुर थापाले गरेका हुन् । पछिल्लो समय देश व्यापी रुपमा युवाहरु एमाले प्रवेशको लहर नै चलेको छ । 

No description available.No description available.



सोमबार ०४, असोज २०७८ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.