बाजुराको कोल्टीमा शिक्षक मृत भेटिए

नजिक न्युज संवाददाता    

बाजुराको कोल्टीमा शिक्षक मृत भेटिए

बाजुरा : बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा एक शिक्षक मृत भेटिएका छन् । कोल्टीमा सञ्चालित सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक गणेश प्रसाद रेग्मी मृत अवस्थामा भेटिएका हुन् ।

कंचनपुर जिल्ला घर भएका रेग्मी केही समयदेखि सुजन वोर्डिङ्क स्कुलमा काम गर्दै आएका थिए ।  बुढीनन्दा नगरपालिका १ सेरकोट जिउँलामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । आफ्नै खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा मृत अवस्थामा भेटिएपनि प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको बारे मृतक रेग्मीका आफन्तलाई जानकारी गराइसकेको प्रहरीले बताएको छ । बाहिर देखिने घाउ नरहेको र रेग्मीको हत्या कि आत्म हत्या अनुसन्धान पछि मात्र खुल्ने ईलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ । रेग्मीको शव पोष्टमार्टका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

 



आइतबार ०३, असोज २०७८ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.