२,२२,२२२ रुपैया धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता कात्र्तिक १ देखि सञ्चालन हुने

नजिक न्युज संवाददाता    

२,२२,२२२ रुपैया धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता कात्र्तिक १ देखि सञ्चालन हुने
तस्वीर दोस्रो छेडेदह कपको समापन समारोहको हो ।

बाजुरा : सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ कात्र्तिक १ गतेबाट हुने घोषणा गरिएको छ । खेल पर्वको रुपमा हरेक वर्षको दशै तिहार बिशेष आयोजना हुने प्रतियोगिता यो वर्ष कात्र्तिक १ देखि सुरु हुने आयोजक छेडेदह स्पोर्टस क्लबले बताएको छ ।

बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा कात्र्तिक १ देखि ६ गतेसम्म सञ्चालन गर्ने गरि तयारी थालिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । क्लबले आधिकारी रुपमै हरेक वर्ष दशैको टिका थालेको २ दिनपछि खेल सुरु गर्ने तालिका नै बनाएको छ । 

खप्तड छेडेदह गाउँपालिका ७ आटीचौर स्थित दशरथ माविको खेल मैदान हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता भने असोेज ३१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने क्लबले जानकारी दिएको छ ।

खेल सञ्चालनको औपचारिक जानकारी र मिति सामाजिक सञ्जाल मार्फत जानकारी गराईएको छ । स्थानीय जनप्रतिनिधी, विद्यालय प्रशासन, विव्यस, स्थानीय सुर्खा बजारका व्यापारी सहीतको उपस्थितिमा बैठक बसेर प्रतियोगिता सञ्चालन बारे औपचारिक जानकारी गराइएको हो ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन् । क्लबले छेडेदह कपलाई खेल पर्वका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

लगातार दुई वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिता तेस्रो वर्षपनि निरन्तरता पाउने भएको छ । प्रतियोगितामा विजेताले २ लाख २२ हजार, २ सय २२ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । 

खेलमा अघिल्लो वर्ष प्रथम पुरस्कार १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन् 

खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको खेलमा ३० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । अघिल्लो वर्ष २३ टिमले भाग लिएका थिए । 

आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न क्लबले हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन गर्ने उदेश्य सहीत प्रतियोगिता सञ्चालन गर्न लागिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । 

हामीले छेडेदह कप फुटबल प्रतियोगितालाई संस्कारको रुपमा विकास गर्ने र सिंगो जिल्लाको पहिचानको विषय बनाउन खोजेको अध्यक्ष रावतको भनाई छ । खेलकुदले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

असोज ३१ गते टिम दर्ता गराएर कात्र्तिक १ गते विहान ९ बजेभित्र टिम दशरथ मावि खेल मैदान आटीचौरमा उपस्थित भइसक्नु पर्ने छ भने एक टिममा १।१ जना कोच मेनेजर सहीत १८ जना मात्र खेलाडी सहभागि गराउन पाउने व्यवस्था गरिएको छ ।

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गराउने क्बलले बताएको छ । 

May be an image of textटिम दर्ता शुल्क १० हजार र धरौटी शुल्क ३ हजार लाग्ने पनि क्लबले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागिता रहने खेलमा ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन गर्ने छन् । 

विजया दशमीको दुई दिनपछि आटीचौरमा खेल हुन्छ र खेलकुद नगरीकै रुपमा विकास गर्ने गरी छेडेदह स्पोट्स क्लबले उदेश्य राखेको छ । छेडेदह स्पोट्र्स क्लब जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने मध्ये पनि जिल्लाको पहिलो क्लब हो ।

May be an image of text



आइतबार ०३, असोज २०७८ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.