नव उद्यमशिलता सम्वन्धि तीन दिने तालिम मार्तडीमा सुरु, महिलालाई उद्यमी बन्न सुझाव

नजिक न्युज संवाददाता    

नव उद्यमशिलता सम्वन्धि तीन दिने तालिम मार्तडीमा सुरु, महिलालाई उद्यमी बन्न सुझाव

नन्दा थापा, बाजुरा : सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता भन्ने नाराका साथ समुहका महिलाहरुका लागि ३ दिने नव उद्यमशिलता सम्वन्धि तालिम आजबाट सदरमुकाम मार्तडीमा सुरु भएको छ ।

महिला विकास मञ्चका पुर्व अध्यक्ष जुना दानीको अध्यक्षतामा सञ्चालन भएको तालिममा कार्यक्रमका प्रशिक्षक एवं एक्सन नेपालका जया बुढाथोकीले महिलाहरुको समाजमा बहुआयामिक भूमिका रहने हुनाले आफ्नो पारिवारिक कर्तब्यलाई समेत मध्येनजर राख्दै व्यवसाय अगाडी बढाउनुपर्ने बताउदै महिला सक्षमहुनका लागि आर्थिक रुपमा सवल हुनुपर्ने र आर्थिक रुपमा सवलहुनका लागि आम्दानी आवश्यक रहेको र आम्दानीका लागि व्यवसाय अनिवार्य सर्त रहेकोले महिलाहरुलाई उद्यमशिल हुनका लागि अपिल गर्नु भयो ।

तालिम महिला विकास मञ्च बाजुरा, टेवा नेपालको आयोजना र ओमन काईन्डको सहयोगमा सुरु भएको हो । ३ दिनसम्म सञ्चालन हुने तालिम अपी होटलमा आज एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको कार्यक्रममा आफ्नो भनाई राख्दै घरेलु तथा साना उद्योग कार्यलयका बरिष्ठ उद्यम विकास सहजकर्ता पदक ऐरले महिलाहरुको आर्यआर्जनका लागी घरेलु कार्यलयले चालु आवमा विभिन्न सिपमुलक तथा जिविकोपार्जन सम्वन्धिका कार्यक्रमहरु ल्याएको भन्दै कार्यलयमा सम्पर्क राख्नु अनुरोध गर्नुभएको छ । 

May be an image of one or more people and people sittingमहिला विकास मञ्च बाजुराका कार्यकारी निर्देशक उजा विष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा, कार्यक्रमका विशिष्ट अतिथि एवं बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले हरेक महिलाहरु आत्म निर्भर बन्न सके मात्र महिला हिंसा न्यनीकरण हुने एक बताउनु भएको छ । उहाँले महिलाहरु स्वरोजगार भई आत्म निर्भर बन्न सकेमा महिला प्रति हुने हिंसा कमी हुदै जाने बताउदै सर्वप्रथम महिला उद्यमशिल तथा व्यवसायीक हुन खाँचो हरेको औल्याउनु भएको छ । 

ग्रामिण क्षेत्रको विकासको मुल आधार कृषि क्षेत्र भित्र वर्तमान परिवेशमा महिला उद्यमीहरुको लागि केकस्ता सम्भावना छन् खोजी गरी उद्यमी बन्न बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख बडुवालले कृषिजन्य उत्पादनलाई प्राथमिता दिई बाझो जमिनलाई खनजोत गर्न सुझाव दिनुभएको छ । यसले महिलालाई उद्यमशिलता बनाई जिवनयापनमा सहजता आउने विश्वास व्यक्त गर्नुभएको छ । May be an image of 2 people and people sitting
सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिताबाट बञ्चित भएका महिलाहरुलाई उद्यमी बन्न आफ्नो पहिचान गर्ने, आफूले पहिचान गरेका व्यवसायको व्याख्या गर्ने, विभिन्न श्रोतको माध्यामबाट व्यवसायको विचार लिने, उपयुक्त व्यवसायको छनोट गर्ने र व्यवसायिक योजना निर्माण गर्न सक्ने बनाउन तालिमको आयोजना गरेको भन्दै कार्यक्रमका अध्यक्ष एवं महिलाविकास मञ्च बाजुराका पुर्व अध्यक्ष जुना दानीले तालिममा सिकेर गएका कुरालाई सदुपयोग गरी उद्यमशिल बन्न शुभकामना दिनु भएको छ । 

तामिलमा बडिमालिका र त्रिवेणी नगरपालिकाको सहभागिता छ । महिला उद्यमशिलताका लागि सवैभन्दा ठुलो ईच्छाशक्ति हुनुपर्छ र व्यवसायका क्रममा हुन सक्ने जोखिमलाई बहन गर्ने तत्परता एवम् क्षमता राख्नुपर्छ । महिलाहरुले उद्यमशिलताका लागि आवश्यक पर्ने सिप, तालिम लगायत आवश्यक बिभिन्न क्षेत्रमा अवसर दिईनुपर्छ ।

पुरुष आर्थिक रुपमा सवल भयो भने केवल एक व्यक्ति सफल हुन्छ भने महिला आर्थिक रुपमा सवल भए घर समाज पुरै परिवर्तन हुन्छ । त्यसैले राज्यले थुप्रै अधिकार र अवसर दिएको छ, संघ सस्थासंगै नजिकको सरकार स्थानिय सरकारले पनि त्यसको सदुपयोग गराई महिलालाई रोजगार बनाउन सक्नुपर्छ  । तब मात्र समृद्ध समाजको विकल्प छ । 



मङ्गलबार २९, भदौ २०७८ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.