बाजुरा खाद्य व्यापार कम्पनीको गोदाममा चामल सकियो, चामल लिन आएका सर्वसाधारण रित्तो हात घर

सडकका कारण तत्काल चामल ढुवानी गर्न नसकिने

नजिक न्युज संवाददाता    

बाजुरा खाद्य व्यापार कम्पनीको गोदाममा चामल सकियो, चामल लिन आएका सर्वसाधारण रित्तो हात घर

प्रमित वि.क/ सरिता नेपाली

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा चामल सकिएको छ । व्यापार कम्पनीको गोदाममा रहेको मौज्दात चामल सकिएपछि २८ गते सोमवारबाट व्यापार कम्पनी बन्द भएको हो । 

टाढा–टाढाबाट चामल लिन आएका सर्वसाधारण चामल नलिएर रित्तो हात घर फर्कने गरेका छन् । बडीमालिका नगरपालिका–७ का गोल ल्वार विहानै घरबाट चामल लिन सदरमुकाम मार्तडी तीर लागे, उनी लगभग ३ घण्टाको पैदल हिटेर सदरमुकाम मार्तडी पुगे, मार्तडी बजार पुग्ने विक्तिकै थकाई नमारी चामल किन्न खाद्य तथा व्यापार कम्पनीमा गए, खाद्यमा पुगेपछि व्यापार कम्पनीका कर्मचारीलाई पैसा हातमा समातेर चामल दिनुन् भने, कर्मचारीले भने चामल अस्ती २७ गते समोवारबारदेखि सकिहाल्यो, त्या दिनदेखि खाद्य बन्द भैसक्यो, त्या भन्दा साथ उनी रित्तो कट्टो हातमा समातेर फर्किए, चामल लिने आसैहासले आएका उनी जसरी रित्तै आए त्यस्तै गरी रित्तै घर फर्किए, विहानै खाईनखाइ चामल लिन आए तर चामल नपाएर घर फर्कनु परेको उनले बताए । 

बजारबाट किनौ भने एक केजीकै ६५ रुपैयाँ पर्छ, त्यक्ति पैसा हालेर किन्ने क्षमता छैन्, हामी जस्ता गरिबको लागि अहिले खाद्यकै चामल सस्तो थियो, बजारमा महङ्गी भएको यो बेलामा सबैले पहँल गरि चामल ल्याइदिए हामीलाई सजिलो हुन्थ्यो ल्वारले भने ।

चामल लिन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा गएका एक जना अर्का पनि रित्तै फर्किए, उनी बाहिरबाट पढ्न आएका विद्यार्थी हुन । बजारमा महङ्गो चामल भनेर खाद्य पुगेका उनी रित्तै कोठा फर्किए, उनले भने बजारमा किनौँ भने मोटा चामलको एक कट्टाको २५ देखि २६ सयसम्म पर्छ, योभन्दा त खाद्यको चामल नै सस्तो पर्थ्यो, बजारमा अन्य खाद्यान्न समाग्री पनि आकासिएको छ, अब हामी जस्ता बाहिरबाट पढ्न आएका कयौ विद्यार्थीलाई झनै समस्या भएको उनले बताए ।  

तीन महिनादेखि अवरुद्ध बनेको साँफे मार्तडी सडक खण्ड अवरुद्ध छ, अझै पनि सडक कहिले खुल्ने हो भन्ने अत्तो–पत्तो छैन् । साँफे मार्तडी सडक खण्डको अमकोट लगायतका स्थानमा अहिले सडक खुलाउन सम्भव छैन् । सम्भव नहुँदा पनि बैकल्पिक उपाय लगाएर अनन्तबाट सडक खुलाउन प्रयास कसैले पनि गरेका छैनन्, सडक अवरुद्धका कारण चामल ढुवानी हुन नसक्दा खाद्य व्यापार कम्पनीमा रहेको मौज्दात चामल सकिएको छ, यसले गर्दा बाजुराली जनता प्रत्यक्ष मारमा परेका छन् ।

बजारमा चामल महङ्गीका कारण खाद्य कम्पनीमा चामल विक्रिदर दैनिकरुपमा बढ्दै गएपछि चामल सकिएको हो । बजारमा चामलको भाउँ बढेपछि बढी जसो आमसर्वसाधारण खाद्यको चामल नै किनेर खाने गर्दछन् । बाजुराका विभिन्न बजारमा अहिले चामल लगायत खाद्यान्न सामाग्रीको मुल्य छोईनसक्नु गरी महङ्गीएको छ, खाद्य कम्पनीको मौज्दात चामल सकिएपछि गरिबलाई झनै समस्या हुने भएको हो । 

जिल्लाको पुर्वी उत्तरी भेग कोल्टी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखाको मौज्दात चामल समेत सकिएको छ । सडकै कारण तीन महिनासम्म चामल ढुवानी नहुँदा त्यहाँ पनि मौज्दात रहेको चामल सकिएको हो । 

शाखामा हाल प्राकृतिक विपद्का लागि ६० क्विन्टर मात्र चामल मौज्दात रहेको बताइएको छ । मौन्दात चामल सकिदाँ त्यहाँका आमसर्वसाधारणलाई पनि समस्या निम्तिएको छ । समयमै बैकल्पिक बाटो खुलाउनु नसोच्ने हो भने बाजुराली जनता वर्षेनी यस्तै समस्या झल्दै आएउने छन । सडकका कारण बजारमा महङ्गी बढेको बढ्यै छ ।

त्यस्तै हाल जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा प्राकृतिक विपद् र जिल्ला कारागारमा रहेका कैदीलार्ई खान खुवाउनका लागि चाहिने ७० क्विन्टल चामल मात्र रहेको छ । 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले सडक खुले मात्र चामल ढुवानी गर्ने संकेत गरेको छ । सडक नखुलेसम्म चामल ढुवानी गर्न कुनै पनि विकल्प नरहेकाले दशैंपछि अथवां दशैंअघि हुनसक्ने व्यापार कम्पनीले जनाएको छ ।

यो आर्थिक वर्षको लगभग ५÷६ दिनभित्र ढुवानी सेक्टरको स्वीकृत हुने र त्यसपछि सके छिटै चामल ढुवानी गर्ने पहल गरिने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकले बताएका छन् । 

गोदाममा रहेको मौज्दात चामल सकिएपनि गहुँ विक्रि यथावतै रहेको छ, गहुँ १५० क्विन्टल मौज्दात रहेकाले गहुँ विक्रि वितरण यथावत रहेको र खाद्यमा चामल सकिएको तीन दिन भएको निमित्त कार्यालय प्रमुख विकले बताए ।



मङ्गलबार २९, भदौ २०७८ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.