बाजुरामा संविधान दिवस भव्य रुपमा मनाइने

नजिक न्युज संवाददाता    

बाजुरामा संविधान दिवस भव्य रुपमा मनाइने

बाजुरा : संविधान दिवस बाजुरा जिल्लामा पनि विशेष रुपमा मनाइने भएको छ । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालयको हलमा बसेको संविधान दिवस मुल समारोह जिल्ला सकितिको बैठकले आगामी संविधान दिवस २०७८ असोज २,३ र ४ गते तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने निर्णय गरेको छ ।

आज बसेको बैठकले जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय, विद्यालय र समुदायिक सं, संसथाले राष्ट्रिय झण्डा एंव व्यानर सजाई कार्यालय परिसरको सरसफाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

बैठकले जिल्लाभित्र रहेका धार्मिक–साँस्कृतिक तथा ऐतिहासिक सम्पदास्थलहरुको सरसफाई सहित सौन्दर्यीकरण अभिवृद्धि तथा जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु र सार्वजनिक महत्वका स्थलहरुमा दीप प्रज्जवलन र जिल्ला बासी आमनागरिकहरुका घर–घरमा साँझ दीपावली गर्न आब्हान गर्ने निर्णय समेत गरेको छ ।

स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्वका विषयमा विभिन्न सनदेश तथा कार्यक्रमहरु प्रकाशन–प्रसारण गर्ने, जिल्लास्थित भार्मिकस्थलहरुमा पुजारी–धर्मगरुहरुबाट नित्य धार्मिक अनुष्ठान÷सङ्कल्प गर्दा राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञान–अज्ञात शहीतहरुको आत्मको चीरशान्तीको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दे पुजापाठ तथा प्रार्थना गर्ने निर्णय गरिएको छ ।



सोमबार २८, भदौ २०७८ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.