धनगढीको उद्योगमा आगलागी

नजिक न्युज संवाददाता    

धनगढीको उद्योगमा आगलागी

धनगढी : धनगढीको एक प्याकेजिङ उद्योगमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा रहेको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा अगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार प्याकेजिङ मेसिनबाट आगलागी सुरु भएको र अन्यत्र सल्किने सम्भावना कम रहेको छ। 

उद्योगका सञ्चालक गोविन्द पन्तले आगो नियन्त्रणको प्रयास भइरहेको बताए। गत वर्ष मंसिरमा पनि सो उद्योगमा आगलागी हुँदा झण्डै ३५ लाखको क्षति भएको थियो।

चार वर्ष अगाडि पन्तले झण्डै २० करोड लगानी गरेर प्याकेजिङ उद्योग सञ्चालन गरेका थिए। उक्त उद्योग सुदूरपश्चिममा सबैभन्दा ठूलो प्याकेजिङ्ग उद्योग हो। 



सोमबार २८, भदौ २०७८ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.