कञ्चनपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर: कञ्चनपुरमा थप १० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। पीसीआर परीक्षणमा २ जना र ऐन्टिजेनमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।  

कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका ३ जना, दोधारा चाँदनीका ५ जना र गड्डाचौकीका २ जन रहेको कार्यालयले जनाएको छ। यस्तै कञ्चनपुरमा सोमबार ३ जन कोरोना जितेर घर फर्किएका छन्। 



सोमबार २८, भदौ २०७८ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.