पीसविनको सामाजिक लेखाजोखा सम्पन्न, गत आर्थिक वर्षमा १३ करोड बढी खर्च

नजिक न्युज संवाददाता    

पीसविनको सामाजिक लेखाजोखा सम्पन्न, गत आर्थिक वर्षमा १३ करोड बढी खर्च

रुकुम योगि, काेल्टी : पीसविन नेपालको आर्थिक वर्ष २०७७÷०७८ को सार्वजनिक लेखाजोखा परिक्षण आज बुढीनन्दा नगरपालिकाको कोल्टीमा सम्पन्न भएको छ । लेखाजोखा कार्यक्रम कोल्टीमा एक कार्यक्रमका विच सम्पन्न भएको हो । गत आर्थिक वर्ष २०७७।०७८ मा बाजुरा जिल्लाका ९ वटै स्थानिय तहमा विभिन्न परियोजना मार्फत गरेका क्रियाकलापहरु तथा खर्च विवरण सरोकारवाला समक्ष प्रस्तुत गरेको छ । 

पीसविनका केन्द्रीय उपाध्यक्ष विर्जन बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमाकोे प्रमुख अतिथि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल रहनु भएको थियो । 

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पीसविन महासचिव लालविर नाथले गत आर्थिक वर्षमा पसिविनले बाजुरामा १२ वटा परियोजना संचालन गरेर १३ कराेड बढि खर्च भएको  जानकारी दिनुभयो । उहाँले बाजुरा जिल्लामा सुरक्षित गर्भपतन सेवा, सामुदायिक विकास कार्यक्रम, महिनावारी स्वच्छता दिवस सम्वन्धि परियोजना, महिला स्वास्थ्य परियोजना, सम्पुर्ण परियोजना, स्थानिय अधिकार परियोजना, छाउपडि प्रथा विरुद्धको अभियान, झोलुंगे पुल निर्माण लगायतका परियोजनामा बाजुरामा गत आर्थिक वर्षमा १३ करोड ९ लाख रकम खर्च भएको बताएका छन् ।

No description available.त्यस्तै यसै आर्थिक वर्षमा १५ करोड ८८ लाख रकम पीसविनले समुदाय विकासका लागि शुदुरपश्चिम र गण्डकी प्रदेशमा खर्च गरेको उक्त कार्यक्रममा जानकारी गराईएको छ । कार्यक्रममा उपस्थित विभिन्न ब्यक्तिलेको गुनासो तथा प्रश्नका जबाफ परियोजना संयोजकहरुले दिनु भएको थियो । 

कार्यक्रममा बोल्दै बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले नगरपालिकाले विभिन्न संघ सस्थासँग समन्वय र सहकार्य गरेर अगाडी बढरिहेको बताएका छन् । उहाँले पसिविनले गरेका हरेक क्रियाकलपाहरु जनतामुखि रहेको र त्यसबाट नागरिकहरुले प्रत्यक्ष लाभ पाउदै आएको बताउँदै आगामी दिनमा नगरपालिकाले पीसविन लगायतका संघ संस्थासंग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्य पािलकामा संचालन भएका केहि कार्यक्रम पनि यस नगरपालिकामा संचालन गरिदिन आग्रह गर्नुभएको छ । 

यस्तै हिमाली गाउँपालिका उपाध्यक्ष र जगन्नाथ गाउँपालिका उपाध्यक्षले पसिविनले गर्ने हरेक कार्यक्रमका तथा योजनामा गाउँपालिकाले पुर्ण रुपमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले बाजुराका विकट पालिकामा पनि कृषि, स्वास्थ्य, भौतिक निर्माण र कोभिड १९ सँग लड्नका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । 

कार्यक्रमा प्रमुख अतिथि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले स्थानीय सरकार पीसविन लगायतका संघ संस्थासंग समन्वय र सहकार्य गरिरहेको र आगामी दिनमा पनि सहकार्य र समन्वय गर्न तयार रहेको बताए । उहाँले एउटा गाउँपालिकाको विकासीय वजेट भन्दा पीसविनले गरेको खर्च बढि रहेको बताउँदै आगामी दिनमा गाउापालिकाको गाउँ सभा हुनुभनदा अगाडी नै पीसविनले गर्ने क्रियाकलापहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै पसिविनसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताएका छन् । उहाँले पीसविनलाई अब भौतिक निर्माणमा समेत विशेष जोड दिन आग्रह गर्नुभयो । 

कार्यक्रमको समापन गर्दै पीसविनका केन्द्रीय उपाध्यक्ष विर्जन शाहीले पीसविन एउटा गाउँबाट सुरु भएर आज देशभर पुग्नुमा सबैको साथ सहयोग र सुझावले मात्र सम्भव रहेको छ । पीसविनलाई आगामी दिनमा पनि आफ्नो कार्यक्षेत्र थप फराकीलो बनाउन सबैको साथ सहयोग र सुझाव सल्लाहको आवश्यक रहेको बताए ।

कार्यक्रमको संचालन रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले गर्नुभएको थियो । कार्यक्रममा ५० जना भन्दा बढि सहभागिता रहेको थियो । 



सोमबार २८, भदौ २०७८ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.