वडाध्यक्षलाई धम्क्याएर २० लाख मागेपछि...

नजिक न्युज संवाददाता    

वडाध्यक्षलाई धम्क्याएर २० लाख मागेपछि...

धनगढीः वडा अध्यक्षलाई धम्क्याएर २० लाख मागेको आरोपमा एक जना पक्राउ परेका छन्। इटहरी झापा दमक नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय पुण्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

उनले इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई गाली गलौज गरी धम्क्याएर २० लाख मागेको आरोप छ। माग गरेपछि उनी फरार थिए।

प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा दमकका पुण्यबहादुर श्रेष्ठले धम्क्याएको प्रहरीको दाबी छ। उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय दमकको सहयोगमा गाउँमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। 

प्रहरीले उनीविरूद्ध अभद्र व्यवहार मुद्दाको शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट सुनसरीबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ। 



सोमबार २८, भदौ २०७८ ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.