सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सम्बन्धी ३ दिने तालिम

नजिक न्युज संवाददाता    

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सम्बन्धी ३ दिने तालिम

बाजुरा : सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सम्बन्धी ३ दिने तालिम मार्तडीमा संचालन भएको छ । बडीमालिका–८ का योजना उपभोक्ता समितिका पदाधिकारी तथा समूहलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषण सम्बन्धी ३ दिन तालिम दिइने भएको हो ।

बडीमालिका नगरपालिको आयोजना तथा युनिसेफको सहयोगमा कसडीपानी योजना र खेलाघाट खानेपानी योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न तीन दिनसम्म तालिम दिईने आयोजकले जनाएको छ । 

बनेका संरचनाको दिगोपना, पूर्ण सरसफाई, शुद्धिकरण, फोहोर भएमा असर, टोल गठन, मर्मत सम्भार, खमनेपानी मिटर जडान र खानेपानी समितिलाई जिम्मेवारी तथा स्थानीय सरकार सञ्चालनका बारेमा प्रशिक्षण गराइने छ ।

सुरक्षित खानेपानी युक्त समुदाय घोषणा सम्बन्धी एक घर एक धारा, प्रत्येक घरमा नल्का तथा खानेपानीको सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मत सम्भार कर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचकहरु पूरा गर्न जिम्मेवारी बनाउन तालिममको आयोजना गरिएको बताईएको छ ।

खानेपानी सुरक्षा, सरसफाइ लगायतका सुचक पुरा गरे पश्च्यात सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिने तयारी रहेको छ । बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यतामा संचालन भएको कार्यक्रममको प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत रंगमल विक रहनु भएको थियो । प्राविधिक शाखा प्रमुख हिक्मत रावल, कसडी खानेपानी योजना अध्यक्ष सन्तोष ारवल, सेलाघाट खानेपानी योजनाका अध्यक्ष गगन थापा अतिथिमा रहनु भएको हो ।

कार्यक्रममा बोल्ने सम्पूर्ण बक्ताहरुले खानेपानी सरसफाइ र विग्रेका पाइप लाइनलाई मर्मत सम्भार गर्न जोड दिएका छन् । बडीमालिका नगरपालिकाको सभाहलमा संचालन भएको तालिममा खानेपानी योजना सममितिका पदाधिकारी लागायतको सहभागिता रहेको छ ।



आइतबार २७, भदौ २०७८ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.