सुदूरपश्चिममा घट्यो कोरोना संक्रमणकाे दर

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा घट्यो कोरोना संक्रमणकाे दर

धनगढी: सुदूरपश्चिममा आइतबार कोरोना संक्रमणको दर घटेको छ।  प्रदेशमा आज १ हजार ३८ जनाको नमूना परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण पुष्टि भएको हो।

पीसीआर विधिबाट ६ जनाको नमूना परीक्षण गर्दा १ जना र एन्टिजेन विधिबाट १ हजार ३२ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल  डोटीले जनाएको छ। 

यस्तै प्रदेशभर आज १३ जना संक्रमित निको भएर घर फर्किएका छन्। हिजोका दिनसम्म संक्रमण पुष्टि हुने दर एकनासको भए पनि आज भने घटेको छ। 



आइतबार २७, भदौ २०७८ ०६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.