बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ

बाजुरा : बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–८ का २१ वर्षीय प्रकाश कुँवर रहेका छन् ।

शनिबार बिहान अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नुपर्यो, नगरे के हुन्छ भनि विवाद गरी प्रहरीमाथि हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



आइतबार २७, भदौ २०७८ ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.