बाजुरामा पदम स्मृति प्रतिष्ठानद्धारा साँस्कृतिक महोत्सवको आयोजना गरिने

नजिक न्युज संवाददाता    

बाजुरामा पदम स्मृति प्रतिष्ठानद्धारा साँस्कृतिक महोत्सवको आयोजना गरिने

बाजुरा : बाजुराको त्रिवेणमा दशैतिहारको अवसर पारी बडीमालिका साँकृतिक महोत्सवको आयोजना गरिने भएको छ । पदम स्मृति प्रतिष्ठान बाजुराको आयोजनामा बडीमालिका साँस्कृतिक महोत्सव २०७८ को आयोजना गर्ने भएको हो ।

आयोजक अनुसार दशैंतिहारको अवसर पारी असोज ३० गतेदेखि कार्तिक ३ गते ५ दिनसम्म महोत्सव सञ्चालन गरिने छ । पदम स्मृति प्रतिष्ठान बाजुराले ७४ औं वर्षको उमेरमा निधन भएका पीताको सम्झनामा करिब दुई–दुई वर्षको अन्तरालमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यो वर्ष खुल्ला भलिबल प्रतियोगिता तथा बडीमालिका साँस्कृतिक महोत्सव आयोजा गरि मनाइने भएको हो । 

धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथै भव्य साँस्कृतिक महोत्सवको आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । असोज ३० गतेदेखि कार्तिक ३ गते ५ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तकार कलाकार आउने भएका छन् ।

महोत्सवमा राष्ट्रिय कलाकार लालबहादुर धामी, धोजबहादुर महरा, चक्र बम, प्रकाश थापा, भिम थापा, रेखा जोशी, लक्ष्मण आचार्य कल्पना विसी, निरुता खत्री, झरना बोहरा, संगिता शाह, शोभा थापा, देवराज रानामगर, भिम विष्ट (अछामी रेखा), माया पाण्डे लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रीले बताएका छन् ।

त्यस्तै असोज ३० गतेदेखि नै विजय दशमी तथा शुभ दिपावलीको अवसरमा तेस्रो पदम खत्री स्मृति खुला भलिबल प्रतियोगिता पनि हुने छ । प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी उक्त कुराहरु जानकारि गराएको हो ।  



आइतबार २७, भदौ २०७८ ०५:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.