दशैंतिहारलाई लक्षित गर्दै बाजुरामा खुला भलिबल प्रतियोगिता हुने

साँस्कृतिक महाेत्सवकाे पनि आयाेजना गरिने

नजिक न्युज संवाददाता    

दशैंतिहारलाई लक्षित गर्दै बाजुरामा खुला भलिबल प्रतियोगिता हुने

बाजुरा : बाजुरामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । दशैंतिहारलाई लक्षित गर्दै पदम खत्री स्मृति प्रतिष्ठनको आयोजनामा तेस्रो पदम खत्री स्मृति तथा बडीमालिका कप खुला भलिबल तथा बडीमालिका सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको हो । 

युवा खेलाडीहरुको प्रतिभा पहिचान गर्दै राष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादन, गाउँ बस्तीमा खेलकुदको गतिविधि बढाउन, खेलका माध्यमबाट आम मानिसहरुमा भाईचाराको भावना विकास र विभिन्न पर्यटकीय तथा धामिर्क स्थलहरुको प्रचारप्रसार र खेलका माध्यमबाट मानिसहरुलाई आत्मसम्मान तथा सामासजक एकताका साथै सामाजिक विकासमा सहयोग पुर्याउने सकिन्छ भन्ने भवनाको सबैमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जानकारि गराएको छ ।

आइतबार गरिएको पत्रकार सम्मेलनमा पदम खत्री स्मृति प्रतिष्ठान त्रिवेणी नगरपालिका–५ पैमाले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको पावन अवसर पारी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म खुला भलिबल प्रतियोगिता संचालन गरिने प्रतिष्ठानका संयोजक राजेन्द्र खत्रीले बताएका छन् । 

तेस्रा पदम खत्री स्मृति तथा बडीमालिका कप खुल्ला प्रतियोगीताले नमूना प्रतियोगीताको रुपमा स्थापित हुने र प्रतियोगीताहरुको स्तरोन्नती गर्ने स्थानीय स्तरका उदयमान खेलाडीहरुलाई परिचित गरी स्थापित हुने वातावरण मिलाउने र व्यवसायीकरण तर्फ लैजाने उचित वातावरण सर्जना गर्नेे लक्ष्यसहित प्रतियोगिता आयोजना गरिने अध्यक्ष अमरसिंह खत्रीले बताएका छन् ।

प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिंह खत्रीकै अध्यक्ष्तामा संचालन भएको पत्रकार सम्मेलनको प्रमुख अतिथि त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावल रहनु भएको थियो । भने पदम खत्री स्मृति प्रतिष्ठान बाजुराका कोषाध्यक्ष राजेन्द्र खत्री, सल्लाहकार समितिका संयोजक कर्ण थापा लगायत अतिथिमा रहनु भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रामसिंह रावलले प्रतिष्ठानले उदारणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । विगतदेखि नै संचालन गर्दै आइरहेका कार्यक्रम प्रभावकारी रहेका बताउँदै रावलले संस्था खेल क्षेत्रमा मात्र नभएर गरिव, असाहय, निमुखा र उत्पीडित बर्गलाई पनि सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नु भयो । 

प्रतिष्ठानले साधारण मान्छेमा एउटा नयाँ खालको उर्जा दिने काम र विभिन्न कार्यक्रमको आयोजना गरी युवाहरुका लुकेका प्रतिभाहरुलाई प्रष्फूटन गर्न ठुलो योग्दान पुर्याएकोमा नगरप्रमुख रावलले धन्यवादका साथै खुशी व्यक्त गर्नुभयो । 

पदम खत्री स्मृति प्रतिष्ठान बाजुरा जिल्लामा २०७७ साल भाद्र २३ गते स्थापना भएको हो । हाल जिल्लाको त्रिवेणी नगरपालिका–९ पैममा अवस्थित रहेको यस संस्थाले खेल क्षेत्रका साथै गरिव असाहय लगायतका वर्गलाई सहयोग गर्देै आइरहेको छ ।

बाजुरा जिल्लामा रहेका खेलाडीहरुको चौतर्फ विकास गर्ने लक्ष्यसहित खुल्ला भलिबल प्रतियोगीताको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । असोज ३० गतेदेखि कार्तिक ३ गते ५ दिनसम्म संचालन हुने प्रतियोगीता पार्वती मावि पैमाको प्राङ्गरमा संचालन गरिने भएको हो । 

खुला भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई पुरस्कार ७१ हजार १ सय ११ रुपैयाँ नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दीतिय हुनेलाई ३५ हजार १ सय ११ रुपैयाँ नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय ११ रपैयाँ नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएकाे छ ।

जिल्ला सदरमुकाम मार्तडीस्थित महक होटलमा संचालन भएको पत्रकार सम्मेलनमा त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावल, पदम स्मृति प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिंह खत्री, कोषध्यक्ष राजेन्द्र खत्री, सल्लाहकार समितिका संयोजक कर्ण थापा लगायत प्रतिष्ठानका पदाधिकारी र विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो । 



आइतबार २७, भदौ २०७८ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.