जनताको भावना बुझ्न नसकेको जुकोटको राजनीति

लक्ष्मण जाेशी    

जनताको भावना बुझ्न नसकेको जुकोटको राजनीति

मेरो पेशा न राजनीति हो,नत राजनीतिक शास्त्रको विद्यार्थी तर पनि राजनीतिकसंग जोडिएका विषयमा कहिलेकाँही कलम चलाउन मन लाग्छ । मिति २०७८ भाद्र २१ गते बाजुरामा नेकपा एकिकृत समाजवादी पार्टीले जिल्ला कमिटी गठनदेखि विभिन्न स्थानीय तहका इन्चार्ज र बिभागको जिम्मेवारी योग्यता, क्षमता र पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई दिएको जानकारी २०७८ भाद्र २२ गते पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रेम बिकले सार्वजनिक गर्नु भयो ।

जिम्मेवारी पाउँने सम्पूर्ण पार्टीका योद्धाहरुलाई बधाई छ । जिम्वेवारी पाएका व्यक्तिहरुको लिष्ट हेर्दा पुरानो बोतलमा नयाँ रक्सी राखेको महसुस भयो । उक्त पार्टीको जिल्लाको नेतृत्व गगन रावल र पुरबहादुर रावत केन्द्रीय नेतृत्व आगामी दिनमा भूपु माननीय हिक्मतजंग शाही र युवाको नेतृत्व नरेश कुमार शाहीले गर्नु हुने देखिन्छ । 

वि.स २०३३ साल अघि साविका वाई–जुकोट र साप्पाटा गाविस जुम्ला जिल्लामा र वि.स २०३३ देखि वि.स २०३८ सम्म कालिकोट जिल्लामा र वि.स २०३८ पछि बाजुरामा गाभिएका हुन । जुम्ला जिल्लाबाट कालिकोट र कालिकोटबाट बाजुरा जिल्लामा गाभ्नका लागि विषेश पहल गर्ने स्वर्गीय मणिजंग शाही, नरजंग शाही र नरजीत बुढाको विषेश भूमिका रहेको थियो । 

जुम्ला जिल्ला र कालिकोट जिल्लामा हुँदा साविकको वाइ, जुकोट र साप्पाटालाई पलाँता दराका नामले चिनिन्थ्यो । वाइ, जुकोट र साप्पाटा गाविसले मात्र किन जिल्ला फेरबदल गरिरहे भन्ने कौतुहल धेरैलाई हुन सक्छ । राजनीतिक नेतृत्वमा पदलोभका कारण जुम्ला जिल्लामा हुँदा मणिजंग शाही सासंद पदमा उम्मेदारी दिएपनि चुनाव लडन आँट गर्नु भएन । उपप्रधान पंञ्चमाचित्त बुझाउनु भएको थियो ।

पछिल्लो चुनावमा नरजंग शाही प्रधानपंञ्चमा निर्वाचित हुनु भयो । जुम्ला जिल्लामा रहँदासम्म आफ्नो राजनीतिक भविष्य नदेखेर वि.स २०३३ सालमा कालिकोट जिल्लामा गाभिएपछि मणिजंग शाही प्रधानपंञ्च, नरजंग शाही जिल्ला पंञ्चायत सदस्य गाँउ फकर्ने अभियानको जिल्ला अध्यक्ष भए पश्च्यात धर्मदत्त उपाध्यायसंग माननीयमा उम्मेदारी दिएका नरजंग शाहीले हार ब्यहोरेपछि आफ्नो राजननीतिक भविष्य नदेखेर वि.स २०३८ सालमा बाजुरामा गाभिएका हुन । दुरीका हिसाबले साविकका वाइ–जुकोट र साप्पाटा गाविसबाट कालिकोटको सदरमुकाम मान्मा, जुम्लाको सदरमुकाम खलगां र बाजुराको सदरमुकाम मार्तडी उस्ता–उस्तै हुन । 

गाउँ–ठाउँको विकास र सर्वसाधारण जनतालाई सुविधा दिने भन्दा पनि आफूले कसरी पद प्राप्त गर्न सकिन्छ, भनेर जुकोटको नेतृत्व पक्तिंले अवसरको बाटो खोजेको थियो । जुम्ला जिल्ला हुदाँ वाइ–जुकोट साप्पाटाका युवाहरुले सजिलै कर्णाली प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा पढन पाएका कारण अघिल्लो पुस्ताका धेरै जना प्राविधिक सेवा ९ स्वास्थ्य, कृषि, भेटेरिनरी, सवओभवसियर र ओभर सियरमा कार्यरत हुनुहुन्छ । धेरै जनाले निजामति सेवामा प्रवेश गर्ने अवसर प्राप्त गरेका थिए । अहिलेको स्वामीकार्तिक खापर गाँउपालिका जुम्ला जिल्लामै हुन्थ्यो भने मानव विकास सुचकाङ्कमा धेरै अगाडी आउथ्यो होला ।

जुम्ला र कालिकोटमा चुनाव हारेर वि.स २०३८ सालमा नुनिला आँसु लिएर बाजुरामा गाभिएको नेतृत्वले राजनीतिक रुपमा सबैभन्दा बढी लाभ स्वामिकार्तिकको नेतृत्वले प्राप्त गरेको देखिन्छ । वि.स २०५१ सालमा हिक्मतजंग शाही नेकपा एमालेबाट सभासद वि.स २०५६ सालमा जनक कुमार गिरी नेपाली कांग्रेसबाट सभासद र वि.स २०५९ साल राजाको प्रत्यक्ष शासन कालमा स्वर्गीय नरजंग शाही राजपरिसद सदस्य हुनु भएको थियो । जुम्ला र कालिकोट जिल्लामा हुँदा गाउँ पञ्चायतमा चित्त बुझाएका नेताहरुलाई बाजुरेली जनताले सभासद बनाउँदा पनि बाजुरेली जनतामाथि राजनीति बेइमानी पटक–पटक भइरहेकोछ । हिक्मतजंग शाही वि.स २०५४ सालमा माले वि.स २०५९ देखि वि.स २०६३ सम्म राजाबादी र अहिले नेकपा समाजबादी हुनु र संविधान सभाको चुनाव वि.स २०६४ र वि.स २०७४ को प्रदेश र  प्रतिनिधि सभाको चुनावमा अहयोग गरेको जग जाहेरछ ।

वि.स २०५४ सालमा माननीय हिक्मतजंग शाही माले भएपछि जिल्लाको राजनीति समीकरण बिग्रेका कारण वि.स २०५६ को चुनावमा नेकपा हार ब्यहोरेका कारण पार्टीले लयमा फर्किन पन्ध्र वर्ष लाग्यो ।

भूपु माननीय हिक्मतजंग शाही वि.स २०७८ सम्म आइपुग्दा लयमा आउनुको साटो फरक बाटो तय गर्नु र संसदमा हुदा संसदको मर्यादा विपरित काम गरेका कारण आगामी  दिनमा समाजवादीमा रहेर राम्रै काम गर्नु होला भन्ने आशा जनताले राखेका छैनन ।

 

जुरा जिल्लाको विकासमा स्वामीकार्तिकका नेताहरुको ठुलो योगदान छ, भनेर हिजोआज केहि व्यक्तिहरुले सामाजिक संजालमा लेखेको पढन पाइन्छ । योगदान नै नभएको होइन, तर जति हुनु पर्ने हो त्यो भएको देखिदैन । भू.पु माननीय हिक्मतजंग शाहीले वि.स २०७२÷२०७३ तिर आफू पुःन राजनीतिक नेतृत्वमा स्थापित हुनका लागि बाजुराको माथिल्लो भेग, हुम्लाको तल्लो भेग, मूगुको खत्याड र कालिकोटको माथिल्लो क्षेत्रलाई समेटेर अलग जिल्ला बनाउनका लागि बैठक र हस्ताक्षर संकलन गर्नु भएको थियो  । पुःन संरचनामा जाँदा त्यो एजेण्डा उपयुक्त भएपनि हिक्मतजंग शाहीको स्वभाव बुझिसकेका कालिकोट, मुगु, हुम्ला र बाजुराका नेताले साथ नदिएका कारण उनको योजना असफल सावित भयो । देश संघीयतामा जादै गर्दा स्थानीय तहको पुःन संरचना गर्ने क्रममा जुकोटको नेतृत्वले अखण्ड स्वामीकार्तिकको नारा लगाएर पुःन साप्पाटा र वाइलाई उपेक्षित गर्यो त्यसको प्रत्यक्ष मार साप्पाटा फयालगाँउ र मूगुका जनतालाई परेकोछ । गाउँपालिकाको सेवा लिन फयाल गाँउका जनताले कामका लागि एक दिनको समय छुट्याएर दुईपटक कर्णाली पार गरेपछि मात्र सेवा लिन पाइन्छ । 

नेतृत्व प्राप्ति गर्नका लागि तीन जिल्ला चाहेको जुकोटको नेतृत्वले वाइ र साप्पाटालाई भोट बैंकको रुपमा प्रयोग गर्यो अवसर कहिलै दिएको देखिदैन । नेकपा एमालेले वि.स २०७४ को स्थानीय चुनावमा चिरन्जिवि शाहीको योग्दान भन्दा पनि हिक्मतजंग शाहीको उत्तराधिकारीको रुपमा नेतृत्व विकास गर्ने उद्धेश्यले टिकट दिएर जिताउन सफल भएपनि अहिले उनै चिरन्जिवि शाही एउटा जननिर्वाचित वडा अध्यक्ष समेतलाई साथमा लिन नसकेर नेकपा समाजवादी हुनुले के अर्थ राख्ला ? वि.स २०५४ मा माले भएका हिक्मतजंग शाही वि.स २०७८ सम्म आइपुग्दा तग्रिन नपाउँदै पःुन चिरन्जिवि शाही थला पर्ने निश्चित छ ।

स्वामीकार्तिक खापर गाँउपालिकाका पहिलो पुस्ताका नेतामा राजनीतिक इमान्दारिता देखिदैन् । भने पछिल्लो युवा पुस्ताका आश गरेका नेतामा आर्थिक पारदर्शिता नहुनु उक्त गाँउपालिकाका सर्वसाधारणका लागि दुर्भाग्य सावित हुने देखिन्छ । जसको जलन्त उदाहरण खालीखोला लघु जलविद्युत योजना, कर्णाली नदीमा बन्दै गरेको फेरी, बाजुराको बरदान जैतुन र सहकारीको अवस्थाका बारेमा जो कोहीलाई सोध्दा फरक पर्दैन् ।

जुकोटको राजनीतिक नेतृत्वको अस्थिरताका कारण स्वामीकार्तिक खापर गाउँपालिकामा सोचे अनुरुप विकास हुन नसक्दा देशकै गरिव गाउँपालिकाको रुपमा दर्ज भएको छ । कहिले जुम्ला जिल्ला कहिले कालीकोट त कहिले बाजुरा जता गए पनि राजनीति इमान्दारिता नभएका कारण नेतृत्वको हेर्ने दृष्टिकोणमा अविश्वास पैदा भएकोले सोचे अनुरुप विकास भएको छैन् । कालिकोट जिल्लाको पलाँता गाउँपालिका ९ खिन धौलागोह र थिर्पु वाइ जुकोट र साप्पाटा भन्दा विकट छन् । तर मानव विकास सुचकाङ्कमा स्वामीकार्तिक खापर गाउँपालिका भन्दा अगाडी छ ।

बाजुरामा गठन भएको नेकपा समाजवादीको संरचना हेर्दा परिवारवाद, नाताबाद र जातीयतामा सिमित देखिन्छ । भूपु माननिय हिक्मतजंग शाहीका भाई चिरन्जिवी शाही, मितिनी आमा मिमा बुढा, मित भाई गगन रावल, ज्वाइ शेर बहादुर शाही, भान्जा पुर बहादुर रावत, नीर बहादुर शाही, धर्म शाही, अनिल शाही र नरेश शाही लगायत अन्य व्यक्तिहरु हुनुहुन्छ । धेरै प्रयासका बाबजुद पाँच जना जनप्रतिनिधि बाहेक अरुले साथ दिएको देखिदैन् नेकपा समाजवादीले बाजुरेली जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र संचारमा योग्दान पुग्ने खालको कुनै चुनावी एजेण्डा छ, जस्तो लाग्दैन एजेण्डा छ, त केबल जिल्लाका नौ वटै स्थानीय तह, प्रदेश र संघको चुनावमा जुकोटको चुनावी राजनीतिक संस्कारको कार्यान्वयन गर्ने त्यसको तयारीका लागि जिल्लाका अन्य राजनीतिक दल र नेतृत्वले अहिलेदेखि नै होसियारी अपनाउनु पर्ने देखिन्छ ।

जनता बिना नेता हुने सोचपालेका नेतृत्वलाई बाजुरेली जनताले आगामी चुनावमा सोच्नु पर्ने देखिन्छ । मिति २०७४ मा स्थानीय, प्रदेश र संघको चुनावमा जुकोटको राजनीति संस्कार कोल्टी र कुलदेवमाण्डौले अनुसरण गरेका कारण भूगोलका हिसाबले बुढीनन्दा र बुढीगंगा नगरपालिका समृद्ध भए पनि विकासका हिसाबले गौमुल र जगन्नाथ गाउँपालिका भन्दा पछाडि धकेलिएका छन ।

यी लेखकका निजी विचार हुन ।



आइतबार २७, भदौ २०७८ १०:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.