देउवा सरकारको प्रतिस्थापन विधेयकका कारण गौमुलका जनताको गाडी चढ्ने सपना माथि खेलबाड

ओलीले घोषणा गरेको घट्मुना-भौनेरा कालोपत्र सडकको बजेट कटौती

रमित वि‌‌.क.    

देउवा सरकारको प्रतिस्थापन विधेयकका कारण गौमुलका जनताको गाडी चढ्ने सपना माथि खेलबाड

बाजुरा : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासको अनगिन्ती कार्यक्रममा सहभागी भए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले थुपै महत्व कांक्षी कार्यक्रम तथा योजना अघि सारे । तर शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेका अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले अघि बढाएका आयोजनालाई तत्काल अघि नबढाउने घोषणा गरेको छ ।

बाजुराको गौमुल गाउँपालिका जोड्ने मार्तडी घट्मुना सडक खण्डको बजेट पनि हालको गठबन्धन शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार प्रतिस्थापन विधेयकबाट ल्याएको मतदाता रिझाउने वितरण मुखी बजेटले गौमुल गाउँपालिकाका जनताको गाडी चढ्ने सपनामाथि खेलबाड गरेको छ ।

विकासका दृष्टिकोणले पुच्छारमा परेको गौमुल गाउँपालिकालाई समेत सौतेनी व्यवहार हालको सरकारले देखाएको छर्लङ्ग भएको छ । लोक खुसी पार्ने अलोकप्रिय प्रयास गरिएको बजेटले गौमुलका जनताको सपना भने चक्नाचुर पारेको छ । 

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट भौनेरादेखि गौमुल गाउँपालिकाको केन्द्र घट्मुनासम्म कालोपत्रे सडक गर्न पहिलो नम्बरमा रहेको थियो तर देउवा सरकारले सडकको टेन्डर हुनै लाग्दा स्थगित गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

सडक समस्याकै कारण वर्षौदेखि दुःख पाईरहेका गौमुल बासीहरुलाई थप हालको सरकारले दुःख दिन खोजेको प्रति आक्रोश पोख्नुभएको छ । प्रत्यक्ष जीवनमा असर पार्ने खालको हालको सरकारले प्रतिस्थापन विधेयकबाट ल्याएको बजेट सच्याउनुपर्ने माग गरेका छन् । 

हालको सरकारले पुनःविचार गरेर गाउँपालिकाका जनताहरुको गाडी चढ्ने सपना पूरा गर्नुपर्ने माग जनताहरुले गरेका छन् । घट्मुना भौनेरा सडक कालोपत्रे र अन्तर जिल्ला जोड्ने सडक दुबै महत्वपूर्ण योजनाको बजेट कटौती गरेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

यसैबीच गौमुल गाउँपालिका हुदैं अन्तर जिल्ला बझाङ्ग जोड्ने रणनीतिक सडकका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको ५० करोड बजेट पनि देउवा नेतृत्वको सरकारले स्थगित गरेको छ ।

 स्थानीय पूर्वाधार विकास आयोजना धनगढीले मार्तडी घट्मुना सडकको डीपीआर र वातावरणीय प्रभाव अध्ययन गरेर अन्तिममा ठेक्का सम्झौता गर्ने चरणमा नै आएर बजेट स्थगित गरेको प्रति गौमुलका जनता आक्रोशित भएका छन् । 

केपी शर्मा ओली नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले बजेट विनियोजन गरेको भएपनि अब कताबाट बजेट सडक कालोपत्रेका लागि आउँछ भन्ने पीर गौमुलका जनतालाई परेको छ । सडक पूर्वाधार विकास कार्यक्रम र तराई–मधेस सडक विशेष कार्यक्रम अन्तरगत १४१० वटा सडक आयोजना छन् । तत्कालीन प्रधानमन्त्री ओलीले यस्तो कार्यक्रम घोषणा गरेका थिए ।

बजेट घोषणा अनुसार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत बन्ने सडकहरूको काम पनि तत्कालै अघि नबढ्ने भएको छ । १ चैतमा तत्कालीन प्रधानमन्त्री ओलीले सडक नपुगेका २२८ स्थानीय तहको केन्द्र जोड्न पक्की सडक निर्माण गर्ने भन्दै शिलान्यास गरेका थिए । 



शनिबार २६, भदौ २०७८ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.