सहमतीको सभापतिको उम्मेदवार हुँ : नेता पण्डित

नजिक न्युज संवाददाता    

सहमतीको सभापतिको उम्मेदवार हुँ : नेता पण्डित

बाजुरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन देशका विभिन्न जिल्लामा चुनाव र चुनावी चहलपहल बढेको छ । बाजुरामा क्रियाशील सदस्यतामा विवादले नामावली नआएपछि तोकिएको समयमा वडा अधिवेशन हुनसकेको थिएन, अब भने क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न अन्तीम चरणमा नेपाली कांग्रेस बाजुरा आइपुगे छ । 

नामावली विवाद टुङ्गीयसंगै बाजुरामा चुनावी चहपहल बढ्न थालेको छ । योसंगै आकांक्षी नेताहरु आ–आफ्नो उम्मेदावरी घोषणा गर्न थालेका छन् । यसैबिच नेपाली कांग्रेस बाजुराका वर्तमान पार्टी सभापति कविराज पण्डितले पनि सहमतीको सभापतिको उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

शनिबार पत्रकारसंग कुराकानी गर्दै नेता पण्डितले पुःन सहमतिका साथ पार्टी सभापतिमा उम्मेदवारी रहने दावी गरेका हुन । हाल सहमतीको सभापतिको उम्मेदवारी रहने बताएका छन् । नेपालीका कांग्रेसको विधान अनुसार दुईपटक सभापति हुने पाउने र नेपालीका कांग्रेसका नेतादेखि कार्यकर्ताको एउटै धारणा नेतृत्वको चयन अबको अधिवेशन सर्वसम्मतीबाट हुनुपर्छ, तब मात्र कांग्रेको सफलता र सबै समावेशी पनि हुनसक्छन्, यसले गर्दा कांग्रेस अगाडी बढ्न सक्छ र अधिवेशन त्यता पट्टी जानु पर्छ भन्ने धारणा आम नेता तथा कार्यकर्ताको रहेकाले पु:न सभापितकाे उम्मेदवारी रहने बताए । 

कांग्रेसका नेता तथा कार्यकर्ताले एकपटक पार्टी सभापतिमा दोहोरीनु पर्छ भन्नेर दबाव आइराखेको अवस्था छ, त्या भएको कारणले विधानले पनि एक कार्यकाल छ, सबै साथीहरुको भनाई अनुसार एक पटक पुःन सहमतीको सभापतिको उम्मेदवारी हुँ नेता पण्डितले बताए ।

सहमतीको अनुसार अगाडी बढ्ने र सम्पुर्ण नेता तथा कार्यकर्ता पनि पःन एक पटक दोहोरीनु पर्छ भन्ने धारणा रहेकाले आफू सहमतीको आधारले पुःन अधिवेशनमा जाने र पुःन एक पटक काम गर्ने अवसर दिनु पर्ने नेता पण्डितको भनाई रहेको छ ।

नेपाली कांग्रेस बाजुराका वर्तमान पार्टी सभापति तथा प्रभावशाली नेता पण्डितले पुःन आफूलाई सहमतीमा सर्वसम्वत सभापपति स्वीकार गर्ने विश्वस्त रहेको बताए । सबै नेता तथा कार्यकर्ता आफूलाई सहमत गर्ने विश्वस रहेको उनको भनाई छ ।

 क्रियाशील सदस्यमको विवाद नीरुपण पनि अन्तीम चरणमा आइसकेको र अब लगभग एक दुई दिनमै क्रिशयाशील सदस्यको पनि अन्तिम नामावली प्रकाशन हुने बताएका छन् । त्यस्तै असोज ५ गतेबाट वडा अधिवेशन र १६ गते जिल्ला अधिवेशन सुरु हुने पनि उनले बताए ।

लोकतान्त्रीक फोरमबाट समायोजन केही क्रियाशील सदस्यहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समायोजन भएका केही क्रियाशील सदस्यको पार्टी भित्र संख्यामा तलमाथि पर्न गएको र बाजुरा जिल्लामा हुन पर्ने ६ हजार ४६ जना क्रियाशील सदस्य, पुरानो ३ हजार २३ पुरानो क्रियाशील सदस्य नवीकरण र नयाँ ३ हजार २३ जना रहेको बताए । अन्यबाट समायोजन भएका कारणले जोड घटाउमा क्रियाशील सदयमा विवाद सिर्जना भएकोे नेता पण्डितले बताए ।

नेता पण्डितले भने अब समायोजलाई पनि स्वीकार गरेका छौ, अन्य पार्टीबाट प्रवेश गरेको नेताको अस्तित्व र उनीहरुको प्रवेश र उनीहरुले राखेको मागलाई हामीले स्वीकार गरेको अवस्था छ, र अर्को तर्फ संख्यामा तलमाथि भएकाले सङ्खा उत्पन्न भएको हो, अब त्या सबै नीरुपण भएको छ ।

उनले अब क्रियाशील सदस्यको विवाद समाधान भएको बताए । क्रियाशील सदस्यको नामावली प्रकाशन नभएकाले कति स्वीकृत भए अहिले भन्न नसकिने तर विवाद भने समाधान भएको बताए । अब लगभग अधिवेशनको तयारी अन्तीम चरण रहेका बताए । 

अहिले वडाहरुमा टोल समिति गठन गर्ने क्रम जारी रहेको छ, बाजुरा जिल्लाका ६९ वडा मध्ये ४० वटा वडामा सर्वसम्वत नेतृत्व चयन समेत भइसकेको र जुन प्रकाशन नल्याएको बताए । औपचारिक रुपमा निर्वाचन समिति, जिल्ला स्तरको निर्वाचन समिति गठन र मतदाता अधिकृतहरु सबै वडाहरुमा नपुगी सकेको हुनाले औपचारिक रुपमा हाल घोषणा नगरेको पण्डितको भनाई रहेको छ ।



शनिबार २६, भदौ २०७८ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.