नेकपा एमाले त्रिवेणी नगर कमिटी संगठन विस्तार अभियान थाल्ने

नजिक न्युज संवाददाता    

नेकपा एमाले त्रिवेणी नगर कमिटी संगठन विस्तार अभियान थाल्ने

बाजुरा : नेकपा एमाले त्रिवेणी नगर कमिटीले संगठन विस्तार अभियान थाल्ने भएको छ । नेकपा एमाले विभाजन पछि पहिलो पटक बसेको एमाले नगर कमिटीको विस्तारित बैठकले नौ वटै वडामा संगठन विस्तार गर्न अभियान नै सुरु गर्ने निर्णय गरेको छ ।

नौ वटै वडामा वडा कमिटी, प्रत्येक टोलमा टोल कमिटी गठन गर्ने, पार्टी जनवर्गिय संगठनको पुर्न गठन गर्ने र जनतासँगको भेटघाटलाई निरन्तरता दिने निर्णय गरिएको नगर कमिटी अध्यक्ष सन्तोष शाहीले बताएका छन् ।

अध्यक्ष शाहीकै अध्यक्षतामा बसेको विस्तारित बैठकले नयाँ सदस्यता आह्वान गर्ने, पुराना सदस्यता नविकरण गर्ने निर्णय पनि गरेको छ । नेकपा विभाजनको असर नगरपालिकामा सामान्य पनि नगरेको निष्कर्ष बैठकले निकालेको छ । 

नेकपा एमाले विभाजन भएपनि थप पूर्व माओवादीबाट नेता कार्यकर्ता एमालेमा आवद्ध हुँदा पार्टीलाई थप फाइदा पुगेको नेताहरुको दाबी छ । नेकपा एमाले पार्टी सचिव भरत बुढासँगै ओली पक्षमा लागेको  सिंगो टिम मै एमालेमा लागेको छ ।

बैठकमा पार्टी सचिव भरत बुढाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको बैठकमा नेताहरु विष्णु अयडी सहीत अतिथि रहनु भएको थियो । विस्तारित बैठकले असोज दोस्रो साता भित्र सबै वडामा कमिटी विस्तार र वडा अधिवेशन समेत गर्ने गरि कमिटी परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी सचिव भरत बुढाले नेकपा एमाले पहिलेको भन्दा बलियो भएर त्रिवेणीमा प्रस्तुत भएको बताएका छन् । माओवादीको आधा बढी शक्ति र सिंगो एमालेको शक्तिले थप बलियो जनमत बटुलेको र जनता पनि काँग्रेस नेतृत्वको स्थानीय सरकार प्रति आक्रोशित बनेकोले आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति रहने बताएका छन् ।  



शुक्रबार २५, भदौ २०७८ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.