युवा नेता शिव बोहराले गरे काँग्रेस बाजुराको सचिव पदमा उम्मेदवारी दिने घोषणा

नजिक न्युज संवाददाता    

युवा नेता शिव बोहराले गरे काँग्रेस बाजुराको सचिव पदमा उम्मेदवारी दिने घोषणा

कोल्टी : नेपाली काग्रेंसका यूवा नेता शिव बोहराले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जिल्ला अधिवेशनमा बाजुरा जिल्ला कार्य समितिको सचिव पदमा उम्मेदवारी दिने बोहराले घोषणा गर्नु भएको हो । 

७ औँ जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा कोल्टीमा पत्रकार सम्मेलनको आयोजना गरि आफु जिल्ला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । नेविसंघको राजनीतिमा राम्रो प्रभाव राखेका बोहराले अब पार्टी राजनीतिमा सक्रिय रहने बताएका छन् । 

यूवाहरुले देश विकास र निर्माणमा लाग्नका लागि नेतृत्वको आवश्यक पर्ने बताउदै अव नेतृत्व लिनका लागि आफु सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आफु जिल्ला सचिवमा रहेर नेपाली काग्रेंसमा देखिएको गुट उपगुटको अन्त्य गर्ने पहिलो लक्ष्य रहेको उहाँको दाबी छ । 

 



शुक्रबार २५, भदौ २०७८ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.