कोल्टीमा एमाले बुढीनन्दा नगर कमिटीले भेला : विभाजनको असर नपरेको नेताहरुको दाबी

नजिक न्युज संवाददाता    

कोल्टीमा एमाले बुढीनन्दा नगर कमिटीले भेला : विभाजनको असर नपरेको नेताहरुको दाबी

कोल्टी : नेकपा एमाले बुढीनन्दा नगर कमिटीले नेकपा एमाले विभाजन नभएको सन्देश दिएको छ । कोल्टीमा बृहत कार्यकर्ता भेला आयोजना गरेर नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेपनि त्यसको असर नगरमा नगरेको सन्देश कार्यक्रम मार्फत दिएको हो । 

पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही, सचिवालय सदस्य जनक कुमार बोहरा, काशी विक सहीतका नेताहरुको उपस्थिति व्यापक अगुवा कार्यकर्ताको सहभागिता गराएर एमाले भित्रको एकता कायम रहेको सन्देश दिन सफल भएको नगर कमिटी अध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन् । रोकाया नेकपा हुँदा पनि नगर कमिटीकै अध्यक्ष थिए ।

१० वटा वडा मध्ये एमालेको जितेका ४ वटा वडा अध्यक्ष, १६ जना वडा सदस्य र १ जना उपप्रमुख सहीत २१ जना मध्ये १ जना जनप्रतिनिधी मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् । भने सिंगो नगर कमिटी र १० वटै वडा कमिटीको सिंगो टिम एमालेमा रहेको भेलामा जानकारी गराइएको थियो ।

नगर कमिटी अध्यक्ष जंगवीर रोकायाको अध्यक्षतामा सञ्चालन भएको बृहत कार्यकर्ता भेलाको प्रमुख अतिथि पार्टी अध्यक्ष कालीबहादुर शाही रहनु भएको थियो । भने सचिवालय सदस्य जनक बोहरा विशिष्ठ अतिथि रहनु भएको थियो । पार्टी कार्यालय सचिव काशी विक, जिल्ला कमिटी सदस्य रामलाल कार्की, राजन कुमार रोकाया, दलबहादुर भाट, मोहनलाल नेपाली अतिथि रहनु भएको थियो ।

प्राविधिक रुपमा स्थानीय तह निर्वाचनमा हार बेहोर्नु परेपनि बुढीनन्दा र समग्र कोल्टी क्षेत्र नेकपा एमालेको लाल किल्लाकै रुपमा रहेकोले विभाजनले कुनै असर नपर्ने जनक कुमार बोहराको भनाई छ । कार्यकर्ता भेलामा बोहराले जनताले रुचाहिएको र विकासका लागि चाहिएको पार्टी नै एमाले रहेको दाबी गरेका छन् ।

भेलामा जिल्ला अध्यक्ष कालि बहादुर शाहीले पाटी विभाजन प्रति नेता कार्यकर्तालाई दुखी नहुन आग्रह गर्नुभएको छ । एमाले हिजो पनि पहिलो थियो, आजपनि पहिलो र भोलि पनि पहिलो र जनताको पार्टी हो, यसमा कुनै निराश हुनु पर्ने र कमजोरी महशुस गर्नु पर्ने अवस्था नै नरहेको बताएका छन् ।

शाहीले आगामी निर्वाचनमा पनि एमाले संघ प्रदेश र स्थानीय तीन वटै तहका निर्वाचनमा बहुमत सहीत पहिलो पार्टी हुने दाबी गरेका छन् । केही व्यक्तिहरु टाढिएका मात्र हुन्, जो हिजाका दिनमा चुनाव हराउन अघोषित सक्रिय थिए, उहाँहरुको बर्हिगमन पार्टीको हितमै हुने शाहीको दाबी छ । 

कार्यक्रममा २ सय बढी अगुवा कार्यकर्ता सहभागि थिए । नेकपा एमाले विभाजन पछि नगर कमिटीले पहिलो पटक नगर कमिटीले कोल्टीमा बृहत कार्यकर्ता भेला आयोजना गरेको हो । 

No description available.

 

 



शुक्रबार २५, भदौ २०७८ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.