कालापानी, लिपुलेख र लिम्पीयाधुरा फिर्ता गर्न ओली र एमाले नै चाहिन्छ : थापा

नजिक न्युज संवाददाता    

कालापानी, लिपुलेख र लिम्पीयाधुरा फिर्ता गर्न ओली र एमाले नै चाहिन्छ : थापा

बाजुरा : नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले कालापानी, लिपुखेल र लिम्पीयाधुरामा भारतको दाबी हेपाह प्रवृत्ति भएको बताएका छन् । चीनसँगको युद्धमा हार बेहोरे पछि फर्किने क्रममा बस्ने बास स्थानका रुपमा आश्रम दिँदा पुरै भूमि आफ्नो ठान्नु गलत हुने थापाको तर्क छ ।

नेकपा एमाले निकट मानव अधिकारवादीहरुको संगठन मानब अधिकार तथा सामाजिक न्याय मंच मानब अधिकार एलाईन्स सुुदुरपश्चिमले आयोजना गरेको सीमानालाई सत्ताको सौदावाजी बनाउँदा शिर निहुरियो मेरो विषयक अन्र्तक्रिया कार्यक्रममा नेता थापाले ओली बाहेकका कुनै नेताहरुले पनि फिर्ता गर्न आँट नगर्दा भारतको कब्जा कायमै रहेको बताएका छन् ।

राजा महेन्द्रले समेत फिर्ता ल्याउन नसकेको नेपाली भू भाग केपी ओलीले फिर्ता ल्याउने निर्णायक कदम चालेको र त्यही कारण सत्ताबाट बाहिर राख्न देशी विदेशी शक्ति लागेर हटाएको स्मरण गराएका छन् । 

चुच्चे नक्सा छापीनु र यसका लागि पहल गर्नु इतिहासमै साहसीक र राष्ट्रवादी काम भएकोले जनताले मिचिएको जमिन फिर्ता ल्याउनकै लागि भएपनि ओली नेतृत्व खोजी गर्ने दाबी गरेका छन् । अबको निर्वाचनमा देशको शिर उचो राख्ने ओली नेतृत्वको सरकारका लागि जनताले एमालेलाई बहुमत दिने विश्वास व्यक्त गरेका छन् ।

नेपालीलाई तुइन काटेर महाकाली नदीमा फाल्दा समेत वर्तमान सरकार नबोल्नु र भारत विरुद्ध गतिविधी नगर्न गरे कारवाही गछौं भन्नु राष्ट्रघाती काम भएको बताएका छन् । मानब अधिकार तथा सामाजिक न्याय मंच मानब अधिकार एलाईन्स सुुदुरपश्चिम प्रदेशले आयोजना गरेको जुम कार्यक्रम एलाईन्सका प्रदेश ईन्चार्ज लाल बहादुर ओलीको अध्यक्षतमा सञ्चालन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा रहनु भएको थियो । भने अतिथिमा संघिय सभा संसद सदस्य गणेश ठगुन्ना, निरु देवि पाल, मानव अधिकार एलाईनसका केन्द्रीय अध्यक्ष मिन बहादुर शाही रहनु भएको थियो । 

मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष मिन बहादुर शाहीले दार्चुला घटनाका विषयमा निरन्तर रुपमा आवाज उठाईरहने र भारतको हेपाह प्रवृत्तीका विरुद्ध लड्ने दाबी गरेका छन् । मिचिएको जमिन र महाकाली तुइन प्रकरणको वास्तविकता र मानव अधिकार कर्मीको भूमिका विषयमा बृहत छलफलका लागि छलफल कार्यक्रम गरिएको कार्यक्रमको सहजकर्ता समेत रहेका प्रदेश इन्चार्ज लालबहादुर ओलीले बताएका छन् ।

प्रतिनिध सभा सदस्य निरु देवि पालले महाकाली तथा लिम्पीयाधुराको हिसावमा वर्तमान सरकारले शिर निहुराउने गतिविधी गरेको बताउनु भएको छ । सरकारमा नेकपा एमाले भएको भए दार्चुला घटनाका विषयमा कठोर निर्णय लिइ वास्तविकता छानवीन भइसक्थ्यो पालले भन्नु भएको छ ।

नेकपा एमाले नेता एवं प्रतिनिधी सभा सदस्य गणेश ठगुन्नाले केपी ओली नेतृत्वको सकारले नागरिकहरुका आवश्यकता र आरोप लगाउनु भएको छ । देशको नागरिकलाई खुलेआम नदीमा बगाउँदा समेत बोल्न नसक्ने वर्तमान परमादेश सरकारलाई जनताले चुनावमा तह लगाउने बताएका छन् । जुम कार्यक्रममा सयैको संख्यामा सहभागि जोडिएका थिए । 

No description available.

 

 



शुक्रबार २५, भदौ २०७८ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.