बाजुराका पत्रकारले सपरिवारसँगै दर खाएर सँगै नाचे

सन्तोषी रावल    

बाजुराका पत्रकारले सपरिवारसँगै दर खाएर सँगै नाचे

बाजुरा :  जिल्लामा क्रियाशिल पत्रकारहरुले सपरिवारसँगै तीजको दर खाएका छन् । नेपाल पत्रकार महासंघ शाखा बाजुराले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सपरिवार सहीत दर खाएका हुन् । 

आपसी सद्भाव, एक अर्काबीचको सहकार्य र पेशागत भाइचाराका लागि सामुहीक दर खाने कार्यक्रमको आयोजना गरिएको महासंघका सचिव नन्दा थापाले बताएकी छन् । एउटै पेशामा भएर पनि एक आपसमा चिनाजान देखि निकटता नहुने हुँदा तीजको अवसर जुराएर सपरिवार सहीत दर खाने कार्यक्रम आयोजना गरिएको सचिव थापाको भनाई छ ।

विगत केही वर्षदेखि पत्रकार महासंघ बाजुरा शाखाले जिल्लामा उपलब्ध पत्रकार र परिवारका सदस्य सहीतले एकसाथ बसेर तीजको दर खाने र शुभकामना आदान प्रदान गर्ने गरेका छन् । विगतको निरन्तरता र आपसी सद्भाव सहकार्यका लागि तीज बिशेष कार्यक्रम आयोजना गरिएको महासंघका उपाध्यक्ष पदम सिंहले बताएका छन् ।

उपाध्यक्ष सिंहकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली रहनु भएको थियो । प्रेस युनियनका जिल्ला अध्यक्ष प्रेम रौले, निवर्तमान महासंघका उपाध्यक्ष रमा रावल, पत्रकार रामबहादुर दानी सहीत अतिथि रहनु भएको थियो । 

जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत सञ्चार कर्मी र उनीहरुका सपरिवारको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । पत्रकार महमासंघका सदस्य सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रममा मालिका मिडीया हाउसका तर्फबाट महिला पत्रकारलाई दर खानका लागि कोशेली समेत सहयोग गरिएको थियो ।

पत्रकार महासंघ र अन्य सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाहरुले सबै पत्रकार र उनका श्रीमति तथा श्रीमानलाई बोलाएर सामुहीक दर खाने कार्यक्रम गरिएको हो । तीज बिशेष कार्यक्रममाले पत्रकारबीचको परिवारीक चिनजान र सद्भाव कायम गर्नमा सहयोग मिल्ने प्रमुख अतिथि एवं प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओलीले बताएका छन् । 

May be an image of 11 people, including Rama Rawal Khadka, Sita Budha Oli, Sapana Singh and Nanda Thapa, people standing and outdoorsपत्रकार बीच आपसी भेटघाट र सहकार्य भएपनि तीनका परिवारसँगको निकटता र आत्मीयता कमै हुने गरेको अवस्थामा तीजले त्यो अभावलाई पुरा गरिदिएको ओलीको भनाई छ । सधै अरुका समाचार मात्र लेख्ने पत्रकारले आफूले नै त्यो संस्कारको थालनी गर्नु सकारात्मक भएकोले निरन्तरतामा जोड दिन ओलीको सुझाव छ ।

May be an image of 3 people and indoorरेडियो बाजुराको सिकाई केन्द्रमा सञ्चालन गरिएको कार्यक्रममा पत्रकारका श्रीमान श्रीमति बीचको जोडी नृत्य गर्न लगाईएको थियो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा आवद्ध र विभिन्न सञ्चार माध्यममा आवद्ध सबैजसो पत्रकारहरुको सहभागि रहेको थियो । 



बुधबार २३, भदौ २०७८ ०८:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.