अनेमसंघ बाजुराले गर्यो सद्भावका लागि तीज बिशेष कार्यक्रम

नजिक न्युज संवाददाता    

अनेमसंघ बाजुराले गर्यो सद्भावका लागि तीज बिशेष कार्यक्रम

बाजुरा : अखिल नेपाल महिला संघले तीज बिशेष कार्यक्रम आयोजना गरेको छ । आपसी सद्भाव र सम्बन्धका लागि नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघले तीज बिशेष कार्यक्रम आयोजना गरेको हो ।

हरेक वर्षको हरिताालिका तीजको अवसर पारी अनेमसंघले तीज बिशेष कार्यक्रम गर्दै आएको छ । महिलाहरुको बिशेष पर्वका रुपमा रहेको तीजलाई आपसी सद्भाव, सहकार्य र मौलिख पर्वका रुपमा विकास गर्न अनेमसंघले तीज बिशेष कार्यक्रम गर्ने गरेको संघका उपाध्यक्ष कोपीला सिंहले बताएकी छन् ।

राज कटेलमा महिलाहरु भेला भएर दर खानुका साथै नाचगान र औपचारिक कार्यक्रम सञ्चालन गरिएको संघका सचिव माया कुँवरले बताएकी छन् । उपाध्यक्ष कोपीला सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले नेता काशी विक रहनु भएको थियो ।

सचिव माया कुँवरले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य देबु खातीले गर्नु भएको थियो भने कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा बिशिष्ठ अतिथि रहनु भएको थियो । शुभकामना आदान प्रदान सहीत आपसी सद्भावका लागि तीज बिशेषले सकारात्मक सन्देश दिएको नेकपा एमाले नेता काशीले बताएका छन् ।

राजनीतिक विषय र सन्र्दभ बाहेक आपसी सद्भाव र सहकार्यका विषयलाई पनि तीजले नजिक पार्न सहयोग पुर्याउने विश्वास महिलाहरुले लिएका छन् । अनेमसंघले तीजलाई भेटघाट र मेलमिलापको पर्वका रुपमा पनि लिने गरेको छ ।

No description available.

 

 



बुधबार २३, भदौ २०७८ ०८:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.