बाजुरामा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा शैक्षिक दीगोपना विषयक अन्तरक्रिया

नजिक न्युज संवाददाता    

बाजुरामा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा शैक्षिक दीगोपना विषयक अन्तरक्रिया

बाजुरा : अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर मार्तडीमा साक्षर पालिका घोषणा नतथा शैक्षिक दीगोपना विषयक अन्र्तक्रिया सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहकार्यका कार्यक्रम सञ्चालन गरिएको हो ।

शिक्षा क्षेत्रमा काम गर्ने गैह सरकारी संस्था र बडिमालिका नगरपालिका भित्रका सबै विद्यालयका प्रअहरुको सहभागितामा दिवस मनाइएको हो । साक्षर पालिका घोषणा पछि पूर्ण साक्षर नगरपालिका बनाउन गर्नु पर्ने काम र आगामी योजना बारे छलफल गरिएको छ । 

गुणस्तरीय शिक्षा र दीगोपना र पालिकालाई पूर्ण साक्षर घोषणा बारे रणनीतिक छलफल सहीत दिवस मनाइएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष तुलाराम जैशीले बताएका छन् । जैशीले कार्यक्रमको उदेश्य, संस्थागत लक्ष्य र शिक्षाको दीगोपनाका लागि स्थानीय सरकारको जिम्मेवारी बारे जानकारी गराएका थिए ।

नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहनु भएको थियो । नौ वटै वडाका अध्यक्ष, नगर भित्र रहेका २८ वटा विद्यालयका प्रअ, गैर सरकारी संस्थाका प्रतिनिधी, नगरपालिका शिक्षा शाखाका प्रतिनिधी सहीतले अन्र्तक्रियामा भाग लिएका थिए । 

कोरोना महामारीको बेला विद्यालय शिक्षाको निरन्तरता, वैकल्पिक शिक्षाको विकल्य, टोल शिक्षा बारे पनि छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । अधिकृत विकले नै नगर भित्रको शैक्षिक अवस्था र सुधारका प्रयास बारे कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।

पब्जी, फ्रीफाइर र टिकटक जस्ता मोबाइल खेललाई पूर्ण निषेध नगरिए भविष्य नै बालबालिकाको अन्योल हुने सुझाव प्रअ शिक्षकहरुको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले साक्षरता अभियानलाई पनि दिसा मुक्त अधियानकै जस्तो सबैको सक्रिय सहभागितामा सफल पार्न सुझाव दिएका छन् ।

उहाँले बाजुरामा विद्यालय सञ्चालन गर्नुलाई कोरोना नभएको भन्ने बुझाइ नराख्न आग्रह गरेका छन् । उचित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने सामथ्र्य भएका विद्यालयलाई मात्र विद्यालय सञ्चालन गर्न भनिएकोले यस्लाई कोरोना सकिएको अर्थमा नबुझ्न आग्रह गरेका छन् ।  

कार्यक्रममा नगर प्रमुख पदम बडुवालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिएका छन् । सबैले पैसा तिरेर संस्थागत विद्यालयमा पढाउन सक्ने अवस्था हुदैन्, तर सबैलाई योग्य बनाउने जिम्मेवारी राज्यको हुने भएकोले त्यसमा नगरपालिका जिम्मेवार भएर लागि परेको बताएका छन् । उहाँले पूर्ण साक्षरता अभियान सफल पार्न प्रत्येक विद्यार्थीलाई घरमा आमाबुबा सिकाउन सुरु गर्नु पर्ने बताएका छन् ।

नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर कटुवालले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रअहरुले नगरपालिकाका तर्फबाट विद्यालय शिक्षणमा जोड दिन सुझाव दिएका छन् । पूर्ण साक्षर घोषणाका लागि प्रत्येक घरमा सहजकर्ता सहीत विद्यार्थीलाई पनि प्रयोग गर्नु पर्ने धारणा राखेका छन् । कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो ।

 



बुधबार २३, भदौ २०७८ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.