ग्रामीण सुधार केन्द्र (आर.आइ.सि) को साधारण सभा सकियो, अध्यक्षमा विष्ट चयन

नजिक न्युज संवाददाता    

ग्रामीण सुधार केन्द्र (आर.आइ.सि) को साधारण सभा सकियो, अध्यक्षमा विष्ट चयन

बाजुरा : ग्रामीण सुधार केन्द्र (आर.आइ.सि) बाजुराको १३ औं साधारण मार्तडीमा सञ्चालन गरिएको छ । ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने नारा सहीत साधारण सभा सञ्चालन गरिएको हो । 

२०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएको संस्थाले सामाजिक सचेतना, ग्रामिण विकास तथा पूर्वाधार निर्माणका गतिविधी सञ्चालन गरिरहेको छ । 

नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितको प्रमुख आथित्यतामा सञ्चालित कार्यक्रममा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, नगर उप प्रमुख कविता विष्ट, अपाङ्ग कल्याण सेवा सघ बाजुरा अध्यक्ष मानबहादुर हमाल, संस्थापक तथा सल्लाहाकार समिति संयोजक विपिन विष्ट, सल्लाहाकार रामचन्द यादव र गोपाल कार्की लगायत संस्थाका कार्य समिति सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष वीरबहादुर विष्टको अध्यक्षतामा सञ्चालित भएको कार्यक्रमको सञ्चालन सचिव बलवान ऐडीले गर्नु भएको हो । साधारण सभाबाट संस्थाको वार्षिक प्रगती प्रतिवेदन र नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७७।०७८ को आय व्यय र लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरी संस्थाको आर्थिक प्रशासन नियमावली, कर्मचारी प्रशासन नियमावली र कर्मचारी आचारसंहिता स्वीकृत गरेको छ ।

विगत वर्षदेखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको न्यूनिकरण, मदिराको प्रयोग, सामाजिक कल्याण, विकृति विसंगतीको अन्त्य, युवा तथा वालवालिकाहरुको सशक्तिकरण र खोज अनुसन्धान सम्बन्धी कार्य गर्दै आएको संस्थाको कार्यसमिति समेत गठन गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष वीरबहादुर विष्ट नै अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन भएको सचिव बलवान ऐडीले जानकारी दिनु भएको छ । जसमा उपाध्यक्ष विरेन्द्र बहादुर रावल, सचिव बलवान ऐडी, सहसचिव वीरबहादुर थापा, कोषाध्यक्ष अमृता सिंह र सदस्य जनक थापा लगायत महिला, दलित र जनजाती सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यसमिति गठन गरिएको छ ।

संस्थाको संस्थागत विकासका लागि नेतृत्व विकास गरी सामाजिक कल्याणका क्षेत्रमा आर आइ सीको नाम चम्काउन आफ्नो साथ सहयोग र सहकार्य रहने कार्यक्रमका प्रमुख अतिथि एवं काँग्रेस जिल्ला सभापती पण्डितले प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयमा गैरसरकारी संस्थाको अमुल्य योगदान रहने भएकाले जिल्लाको स्वास्थ्य, शिक्षा, रोजगारी, गरिवी निवारण र समानतामुलक समाज निर्माणमा सक्रिय रहन आग्रह गर्नु भएको छ ।

साधारण सभामा प्रेश यूनियन जिल्ला अध्यक्ष प्रेम रौले, सल्लाहकार समिति संयोजक विपिन विष्ट, दलित अगुवा कौशल विक, नगर उप प्रमुख कविता विष्ट र नगर प्रमुख पदम बडुवाल सहीतले संस्थागत विकाससँगै सामाजिक विकासमा प्रगति हासिल गर्न सुझाव दिएका छन् ।

संस्थाका गतिविधि सामाजिक विकास र खोज अनुसन्धान कार्यमा केन्द्रीत रहने संस्थाका अध्यक्ष वीरबहादुर विष्टले प्रतिवद्दता गर्नुभएको छ । कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।

 



शनिबार १९, भदौ २०७८ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.