कैलाली: कैलालीमा एक ग्राहकमाथि पसल सञ्चालकले कुटपिट गरेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी मुना विकमाथि कुटपिट गरेकी हुन्।
उनले फलामको रड(कपडा नाप्ने रड) प्रहार गर्दा मुनाको हातमा चोट लागेको इलाका प्रहारी कार्यालय टीकापुरले जनाएको छ।
उनीहरुबीच कपडा किन्ने बेला मोलमोलाईको विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको छ।
प्रतिकृया दिनुहोस