बडिमालिकाको बार्षिक प्रगति समीक्षा : सुशासनमा सुधार, ९८ प्रतिशत बढी विकास बजेट खर्च

नजिक न्युज संवाददाता    

बडिमालिकाको बार्षिक प्रगति समीक्षा : सुशासनमा सुधार, ९८ प्रतिशत बढी विकास बजेट खर्च

बाजुरा : बडिमालिका नगरपालिकाले बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । विगतका वर्षभन्दा व्यवस्थीत र केही नयाँ शैली सहीत नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ को बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो । 

नगरपालिकाले वर्षभरी सञ्चालन गरेका गतिविधी,उपलब्धी र नागरिक अभिमत सहीत सार्वजनिक सुनुवाइ गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । नागरिक स्तरमा सेवा प्रवाह, योजना निर्माण र कर्मचारीको जनमैत्री व्यवाहार सहीतको अभिमत संकलन गरेर सार्वजनिक सुनुवाइ गरिएको हो ।

नागरिक अभिमतका आधारमा नगरपालिकाले दिने सेवामा ५० प्रतिशत बढी सहभागिले पूर्ण सन्तुष्टी रहेको बताएका छन् । भने ३० प्रतिशत बढीले सन्तुष्टी व्यक्त गरेका छन् । सीमित ८ प्रतिशत सहभागिले सन्तुष्टी नभएको अभिमत व्यक्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभिमत प्रतिवेदनका आधारमा प्राविधिकले कमिशनको आश देखाउने देखि कर्मचारीले भनेको समयमा काम नगर्ने गरेको विषय पनि संवोधन गरिएको छ । समग्र प्रतिवेदन हेर्दा बडिमालिका नगरपालिका भित्रको सुशासनको पाटो सुधार भएको देखिएको छ ।

कर्मचारी देखि उपभोक्ता समितिसम्मको कार्यशैली र विकास निर्माणका योजना सञ्चालन प्रक्रियामा पार्दशिता र जवाफदेहियता बढेको र स्थानीय स्वयम विकास निर्माण प्रति पनि थप जिम्मेवार बनेको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनले बताएको छ ।

नगरपालिकाले यो वर्ष नौ वटै वडामा १ सय ९३ वटा योजना सञ्चालन गरेकोमा १ सय ९० वटा सम्पन्न भएका छन् । बाँकी तीन वटा प्रक्रिया अपुग हुँदा भुक्तानीमा मात्र समस्या देखिएको उल्लेख गरिएको छ । नगरपालिकाले यो वर्ष मात्र ७ सय ५० मिटर बढी सडक आफ्नै लगानीमा नयाँ निर्माण गरेको देखिएको छ ।

कुखुरा पालन, बाख्रा पालल, तरकारीको उत्पादन, दुध दही र अण्डा उत्पादनमा सुधार भएको देखिएको छ । समग्रमा ९८ प्रतिशत विकास बजेट खर्च भएको देखाएको छ । नगरपालिका भित्र ९५.९८ प्रतिशत जनसंख्या साक्षर रहेको देखिइएको छ । 

नगरपालिकाले यो वर्ष मात्र ८४ लाख बढी रुपैया राजस्व संकलन गरेको छ । नियमित स्वास्थ्य जाँच गर्ने र संस्थागत सुत्केरी दरमा वृद्धि भएको सुधार आएको छ । कोविडका कारण सीमित सहभागि उपस्थिति कार्यक्रममा अधिकांशले सेवाको प्रभावकारीता बारे सन्तुष्टी व्यक्त गरेका छन् ।

No description available.धारा बनाउँदा सम्म मुहान भत्किने समस्याको अन्त्य गर्नु पर्ने, साना योजनाका नाममा कार्यकर्ता पाल्न काम बन्द गरिनु पर्ने सुझाव स्थानीय समेत रहेका पत्रकार देवराज पाध्ययाले सुझाव दिएका छन् ।

वीरेन्द्र रावलले सहजिकरण गरेको कार्यक्रममा नागरिक प्रतिवेदश श्याम थापाले प्रस्तुत गर्नु भएको हो । सहभागिका जवाफ र स्वागत मन्तव्य उपप्रमुख कविता विष्टले राख्नु भएको कार्यक्रममा प्रगति प्रतिवेशन निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक र स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले गरेका हुन् ।

नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहीत दलका नेताहरु रहनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता वीरबहादुर रावल, काँग्रेसका धनलाल पाध्याय, जनता समाज वादीका टेकबहादुर बडुवालले सुझाव राख्नु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीतामा जोड दिन सुझाव दिएका थिए । बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रमको रेडियो बाजुराले प्रत्यक्ष प्रशारण गरेको थियो । 

कार्यक्रममा नगर प्रमुख पदम बडुवालले राजनीति विकास र गुणस्तरमा गर्न आग्रह गरेका छन् । विकास विनाको बहस र राजनीति व्यअर्थको हुने भन्दै काँग्रेस एमालेले नगरपालिकामा एकले अर्काको कमजोरीलाई उजुरीका रुपमा लिन हिक्मत गर्नु पर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गुनासो कम सुनिनु भनेको सकारात्मक कुरा भएको बताएका छन् । सीमित व्यक्तिलाई र उपस्थित हुुन पर्ने व्यक्तिहरु कोविडकै कारण नआएकोले पनि कम गुनासो आएको वा बोलाएका सबै अनुकुल नै हुन कि जस्तो समर्थन देखिएपनि नगरको काम प्रभावकारी रहेको बताएका छन् ।

No description available.



शनिबार १२, भदौ २०७८ ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.