‘कुरा बुझ्न पर्च’

नजिक न्युज संवाददाता    

‘कुरा बुझ्न पर्च’

पछिल्लो समय गायक प्रकाश सपूतले सामाजिक विषयवस्तुलाई गीतमा समेटिरहेका छन् । हालै आएको उनको ‘कुरा बुझ्न पर्च’ गीतले सामाजिक सञ्जालमा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

गीतमा नेपाली समाजको वर्ग र विवाहको अन्तरसम्बन्ध तथा महिला सशक्तीकरणको विषय समेटिएको छ । समाजमा भइरहेको बहसलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न गीत सफल भएको छ ।

गीतको सुरआतै विवाह संस्था र वर्ग सम्बन्धबाट हुन्छ । अझै पनि नेपाली समाज, छोरीको विवाह गरिदिनु आमाबुबाको अनिवार्य काम ठानिन्छ । पढे–लेखेको र सक्षम छोरी भए पनि विवाहका लागि उच्च वर्ग नै हेर्ने गरिन्छ । कार्ल मार्क्सले उहिल्यै भनेका थिए— सामाजिक प्रतिष्ठा, पद र महत्त्वको आधार नै सम्पत्तिलाई मान्ने गरिन्छ । जोसँग प्रशस्त चल तथा अचल सम्पत्ति हुन्छ ऊ समाजको नजरमा राम्रो मानिन्छ । आर्थिक हैसियतले समाजको अरू ‘सुपर स्ट्रक्चर’ लाई निर्धारित गर्ने कार्ल मार्क्सको विचारधारा नेपाली समाजमा अझै सान्दर्भिक छ । अझै पनि आफ्नो रोजाइमा जीवनसाथी छाने पनि, कुल घरान कस्तो छ, धनसम्पत्ति कति छ जस्ता प्रश्नको सामना हरेक छोरीले गर्नैपर्छ । आर्थिक संस्थाले विवाह संस्थालाई प्रत्यक्ष असर गरिरहेको छ । सपूतले यो पक्षलाई राम्रोसँग गीतमा ल्याएका छन् ।

गीतको ‘धनसम्पत्ति हेर्ने हैन, हेर्ने हैन पीआर, बूढो उठोस् चिया पकाओस् भनोस् उठ डियर’ पंक्तिले परम्परागत सोचाइलाई चुनौती दिन्छ । त्यस्तै ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ, बिहान–बेलुका घरमा सँगै आनन्दको लाइफ’ पंक्तिले श्रीमान्–श्रीमती सक्षम हुँदा घर चल्न सहज हुने पक्षलाई जोड दिएको छ । प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनका अनुसार सामर्थ्य, क्षमतामा अभिवृद्धि गर्न सकेमा मानव विकास हुन्छ । लैंगिक समानतामा महिलाको क्षमता अभिवृद्धिले ठूलो भूमिका खेल्छ । दुवै जना सक्षम हुँदा घर मात्र नभएर समाज नै सक्षम बन्ने सन्देश गीतले दिएको छ । अनि जाँड–रक्सी पुरुष एक्लैले खाने होइन, जीवनसाथीलाई पनि खुवाउनुपर्छ भन्छ गीतले । परिवारको अर्थतन्त्रमा पनि महिलाको योगदान हुनुपर्छ भन्ने विषय उठाएर लैंगिक समानताको वकालत गर्न खोजेका छन्, सपूतले ।

महिला अधिकार संविधानले सुरक्षित गरे पनि नलडी नपाइने भएकाले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्नुपर्छ । ‘हाम्रो जीवन, हाम्रो विचार हाम्रै हुन्छ राइट’ निकै ‘बोल्ड’ सन्देश हो । आफ्नो अधिकारका लागि लड्नुपर्ने कुरालाई पनि यसले इंगित गर्छ । साथै विवाह गर्दैमा ‘जीवन सुखी हुन्छ’ र ‘विवाह गर्नैपर्छ’ भन्ने नेपाली समाजको मान्यतालाई गीतले भत्काउन खोजेको छ । त्यस्तै अविवाहित रहनु बाध्यता नभएर रोजाइ पनि हुनुपर्छ भन्ने वकालत पनि गर्छ । महिलाले सम्बन्ध सुधार गर्ने नाममा घरायसी हिंसा सहेर बसिरहनुपर्ने बाध्यतालाई गीतमा देखाइएको छ ।

गीतको सुरआतै विवाह संस्था र वर्ग सम्बन्धबाट हुन्छ । अझै पनि नेपाली समाज, छोरीको विवाह गरिदिनु आमाबुबाको अनिवार्य काम ठानिन्छ । पढे–लेखेको र सक्षम छोरी भए पनि विवाहका लागि उच्च वर्ग नै हेर्ने गरिन्छ । कार्ल मार्क्सले उहिल्यै भनेका थिए— सामाजिक प्रतिष्ठा, पद र महत्त्वको आधार नै सम्पत्तिलाई मान्ने गरिन्छ ।

जोसँग प्रशस्त चल तथा अचल सम्पत्ति हुन्छ ऊ समाजको नजरमा राम्रो मानिन्छ । आर्थिक हैसियतले समाजको अरू ‘सुपर स्ट्रक्चर’ लाई निर्धारित गर्ने कार्ल मार्क्सको विचारधारा नेपाली समाजमा अझै सान्दर्भिक छ । अझै पनि आफ्नो रोजाइमा जीवनसाथी छाने पनि, कुल घरान कस्तो छ, धनसम्पत्ति कति छ जस्ता प्रश्नको सामना हरेक छोरीले गर्नैपर्छ । आर्थिक संस्थाले विवाह संस्थालाई प्रत्यक्ष असर गरिरहेको छ । सपूतले यो पक्षलाई राम्रोसँग गीतमा ल्याएका छन् ।

गीतको ‘धनसम्पत्ति हेर्ने हैन, हेर्ने हैन पीआर, बूढो उठोस् चिया पकाओस् भनोस् उठ डियर’ पंक्तिले परम्परागत सोचाइलाई चुनौती दिन्छ । त्यस्तै ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ, बिहान–बेलुका घरमा सँगै आनन्दको लाइफ’ पंक्तिले श्रीमान्–श्रीमती सक्षम हुँदा घर चल्न सहज हुने पक्षलाई जोड दिएको छ । प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनका अनुसार सामर्थ्य, क्षमतामा अभिवृद्धि गर्न सकेमा मानव विकास हुन्छ ।

लैंगिक समानतामा महिलाको क्षमता अभिवृद्धिले ठूलो भूमिका खेल्छ । दुवै जना सक्षम हुँदा घर मात्र नभएर समाज नै सक्षम बन्ने सन्देश गीतले दिएको छ । अनि जाँड–रक्सी पुरुष एक्लैले खाने होइन, जीवनसाथीलाई पनि खुवाउनुपर्छ भन्छ गीतले । परिवारको अर्थतन्त्रमा पनि महिलाको योगदान हुनुपर्छ भन्ने विषय उठाएर लैंगिक समानताको वकालत गर्न खोजेका छन्, सपूतले ।

महिला अधिकार संविधानले सुरक्षित गरे पनि नलडी नपाइने भएकाले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्नुपर्छ । ‘हाम्रो जीवन, हाम्रो विचार हाम्रै हुन्छ राइट’ निकै ‘बोल्ड’ सन्देश हो । आफ्नो अधिकारका लागि लड्नुपर्ने कुरालाई पनि यसले इंगित गर्छ । साथै विवाह गर्दैमा ‘जीवन सुखी हुन्छ’ र ‘विवाह गर्नैपर्छ’ भन्ने नेपाली समाजको मान्यतालाई गीतले भत्काउन खोजेको छ । त्यस्तै अविवाहित रहनु बाध्यता नभएर रोजाइ पनि हुनुपर्छ भन्ने वकालत पनि गर्छ । महिलाले सम्बन्ध सुधार गर्ने नाममा घरायसी हिंसा सहेर बसिरहनुपर्ने बाध्यतालाई गीतमा देखाइएको छ ।



शुक्रबार ११, भदौ २०७८ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.