छेडेदह तालको महिमा झल्किने म्यूजिक भिडियो सार्वजनिक

नजिक न्युज संवाददाता    

छेडेदह तालको महिमा झल्किने म्यूजिक भिडियो सार्वजनिक

बाजुरा : जिल्लाकै ठूलो र सन्दुर छेडेदह तालको महिमा झल्किने गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नजिक मिडिया प्रालिको युटुब च्यानल मार्फत छेडेदह ताल नामको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक जनक चदारा र धनसरा चदाराको लय रहेको गीतमा विजय थापाको संगीत रहेको छ । प्रेममा परेको जोडीले प्रकृतिसँग रमाउँदा, एक अर्काको साथमा हुँदाको खुसी, याद गरेर बस्नु पर्दाको पीडालाई गीतमा उतारिएको छ ।

खप्तड छेडेदह गाउँपालिकाको सुन्दरतालाई माया प्रेमसँग तुलना गरिएको गीतको सम्पादन कृष्ण बाजुरेलीले गरेका हुन् । बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोमा कलाकार मिना रोकाया, सागर सुनार र ज्योती सुनारले अभियन गरेका छन् ।

गीतको भिडियो निर्देशन तथा छायाकंन धनबहादुर बिसीले गरेका छन् । प्रेम तालका रुपमा चिनिएको छेडेदह तालको प्राकृतिक सुन्दरतालाई प्रस्तुत गरिएको भिडियोमा माया प्रेमलाई नै गीतको मुख्य विषय बनाएको छ । 

अनेरास्ववियुका नेता राजेश सुनारको शब्द सिर्जना रहेको गीतमा चर्चित गायीका रेखा जोशी र नव गायक जनक चदाराले स्वर दिएका छन् । गीतमा नृत्य निर्देशक मोडल राजेश पायल विकले गरेका छन् ।

खप्तड छेडेदह गाउँपालिका ७ का अध्यक्ष खगेन्द्र रावत, सदस्य लालबहादुर खड्का, रणबहादुर ओली सहीतको सहजिकरणमा गीतको छायाकंन नै छेडेदह तालकै सेरोफेरोमा गरिएको गायक जनक चदाराले बताएका छन् ।

आटीचौर क्षेत्र आफैमा प्रकृतिको सुन्दर गहना जस्तै छ, त्यसैमा तालको सुन्दरता गीतको भिडियोमा कैद गर्दा उत्कृष्ट भिडियो निर्माण भएको निर्देशक धनबहादुर बिसीले बताएका छन् । तालको महिमा र विशेषताको प्रचार गर्न म्यूजिक भिडियोले महत्वपूर्ण योगदान गर्ने वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

गाउँपालिका भित्र पर्ने महत्वपूर्ण स्थानको वर्णन, महिमा र बिशेषता बारे गीत मार्फत संवोधन गर्न खोजिएको छ । गाउँपालिका स्तरमा उपलब्ध राजनीतिक दलका नेताहरुले समेत गीतको भिडियोमा देउडा खेल लगाएका छन् । 

भिडियाे



मङ्गलबार ०८, भदौ २०७८ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.