ओली हटाउने फैसला गर्ने महाधिवेशन बाहेक अर्को विधी छैन् : केशव बडाल

पार्टी भित्रबाटै प्रतिपक्षको भन्दा कडा विरोध दुखत विषय

नजिक न्युज संवाददाता    

ओली हटाउने फैसला गर्ने महाधिवेशन बाहेक अर्को विधी छैन् :  केशव बडाल

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्लाहकार परिषदका संयोजक केशव बडालले लोकतन्त्रको संस्थागत विकास र समृद्धीका लागि पार्टी एकतालाई अझै बलियो ढङ्गले अघि बढाउनु पर्नेमा जोड दिएका छन् । कम्यूनिष्ट पार्टीको विगतलाई समीक्षा गरेर पार्टी नेतृत्व गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 

पार्टी शिर्ष नेताहरुमा केही विमति र असमझदारी हुन सक्छन्, तर त्यसै विषयलाई लिएर शिष्टताको सीमा नै नाघेर अभिव्यक्ति दिनु गलत भएको बडालको भनाई छ । पार्टी भित्रकै केही नेताहरु प्रतिपक्ष भन्दा पनि युद्धरत अवस्थाको आक्रोश पोख्ने कुरा गलत भएको धारणा बडालको छ ।

जनताले समृद्धि र राजनीतिक स्थीरताका लागि दिएको जनमतको सम्मान गर्न नसक्ने कुरा पार्टी र देश दुबैको हित विरुद्ध हुने बताएका छन् । लोकतन्त्रमा आलोचना स्वीकार्न सक्नु पर्छ, तर त्यसैका नाममा संवेदना समेत गुमाएर लाग्नु उचित नहुने पूर्व मन्त्री समेत रहेका बडालले रेडियो बाजुरासँग शनिबार कुरा गर्दै भन्नु भयो ।

किड्नी फेरेकै पछिल्लो दिनेदेखि प्रधानमन्त्री माथि भईरहेका श्रृखलावद्ध आक्रमणहरु मानवीय स्वभावका छन् । यो अवस्था हेर्दा पार्टी भित्रै संवेदना दुब्लाएको र मानवीयता हराएको आभाष भएको बडालको भनाई छ ।

विधी भन्दा माथि कोही पनि छैनन्, प्रधानमन्त्री र पार्टी अध्यक्ष विधीबाटै निर्वाचित पद भएकोले बीचमा हटाउने, फाल्ने र ल्याउने कुरा विधी विपरित हुने धारणा राखेका छन् । केहीले हस्ताक्षर गरेर स्थायी कमिटी बैठक माग गरेको सुनियो, तर त्यो बैठक विधीवत रुपमा चलिरहेकोले तत्काल बस्न जरुरी नभएको बताएका छन् ।

पार्टी अध्यक्ष पदको फैसला महाधिवेशन गर्छ, यो विधीबाटै फेर बदल हुने कुरा हो, आगामी चैत्र भित्र महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्न सल्लाहकार परिषद्को संयोजकको हैसियतले सुझाव दिने बताएका छन् ।

२०१७ साल दोहोर्याउने र विशाल कम्यूनिष्ट पार्टीलाई फुटाउने खेल कसैको हितमा नभएको बडालको तर्क छ । बडालले कहानी सम्झीदै हजुर बालाई डोकोमा हालेर भीरमा फाल्न गएका बालाई छोराले डोको फिर्ता लिएर आउनु तपाईलाई पनि चाहिन्छ भने जस्तै नहोस् भन्ने सुझाव दिएका छन् । 

केपी ओलीका पनि कमजोरी छन् । त्यो सुधार गर्नु पर्छ, पार्टी र शिर्ष नेताहरुसँग सरसल्लाह भएर नै सरकारले निर्णय गर्दा सबैको हित हुन्छ, तर यसो नभएको भन्दैमा सीमा नाघेर नै विरोध गर्ने कुरा राम्रो नहुने धारणा बडालको छ ।

यहाँ त, नाकाबन्दीको समयमा चट्टानी अडानका साथ राष्ट्र जोगाए वापत पनि ओली माथि प्रहार भएको छ, राम्रो गरेकै कारण विरोधका स्वरुप थपिदै गएका छन्, ओली आए रुन पनि पाइदैन् भन्नेहरु पनि काम देखेर मख्ख पार्ने अवस्थाको सिर्जना गरेकै कारण ओली माथि आक्रमण भईरहेको र यो स्वीकार गर्न नसकिने बताएका छन् । 

हुनत फलेकै रुखमा प्रहार हुन्छ, नेपाली राजनीतिमा निराशा छाइरहेको बेला, ओलीले नै आश जगाएका हुन्, पार्टी र सरकारको नेतृत्व अरुले पनि लिएकै हुन्, उहाँहरुको नेतृत्व र ओलीको नेतृत्वको बीचमा तुलना गरे हुन्छ त बडालले भन्नु भयो । 

पार्टी कमिटी सञ्चालनको अवस्था निकै सुस्त छ, आफूले जिम्मेवारी लिएको काम नगर्ने, सदस्यता कति भन्ने कुरा समेत एकीन गर्न नसक्ने अनि अरुले मात्र गरेन भन्न पाइन्छ, बडालले थप्नु भयो । ओलीका वरिपरीकाहरु पनि सुधार हुनु आवश्यक छ, तर यसो भनिरहँदा ओलीले सबै विगारी हाले भन्ने कुरा नै छैन् । 

दलसम्बन्धी अध्यादेश नल्याए हुनु थियो, तर अर्को संवैधानिक परिषद सम्बन्धीे अध्यादेश कम्यूनिष्ट सरकारका लागि अति जरुरी विषय हो, यसमा नेताहरुले विरोध गर्ने कुरा कारण नै छैन्, संवैधानिक अंगहरु २ वर्षदेखि रिक्त रहेर बस्ने कुरा राम्रो हो, बडालले प्रतिप्रश्न गरे । 

डाक्टर बाबुराम तर्फ लक्षीत गर्दै बडालले पिएचडी गरेपछि वुद्धी साघुँरो हुन्छ की भन्ने लागेको बताएका छन् । अबदेखि पूर्व माओवादी र पूर्व एमाले नभनियोस् भन्ने सुझाव दिएका छन् । ओलीले सचिवालयको बैठकमा राजीनामा दिने कुरा नभई पार्टी एकता तर्फ सबै जिम्मेवार हुनु पर्ने सुझाव दिएका छन् । 

माधव नेपाललाई अफ्ठ्यरोमा केपी अ‍ोलीले नै साथ दिएको देखिन्छ, महाकाली सन्धीमा प्रतिपक्ष दलको नेता माधव नेपाल थिए, तर दोष जति ओलीको काँधमा थियो यस्ता घटना स्मरण गर्न नेताहरुलाई आग्रह गरेका छन् । 

बडालले बामदेव कामरेडलाई प्रधानमन्त्री बनाउने विषय ओलीले भनेपछि बामदेव कामरेडले अस्वीकार गर्दा राम्रो हुने सुझाव दिएका छन् । कोरोनाको लडाइमा सरकार सफल देखिएको र यहि घटनाले देशलाई उत्पादन तर्फ अग्रसर बनाउनु पर्ने धारणा राखेका छन् । 



शनिबार २०, बैशाख २०७७ ०६:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.