तालिबानी त्रासः भागेर जाऊँ कुन ठाउँ जाऊँ !

नजिक न्युज संवाददाता    

तालिबानी त्रासः भागेर जाऊँ कुन ठाउँ जाऊँ !

धनगढीः अफगानिस्तानमाथि तालिबानले कब्जा जमाएको छ। देशमा भागदौडको माहौल छ। राष्ट्रपति अशरफ गानी र उप–राष्ट्रपति रमीरुल्लाह सालेह देश छोडेर भागिसकेका छन्। राष्ट्रपति भवनमाथि तालिबानी लडाकू तैनाथ छन्। बैंक अगाडि लामो लाइन छ। विमानस्थलको रनवेमा हज्जारौं मानिस कुनै विमानमा ठाउँ पाए, देश छोडेर पाइन्थ्यो भनेर यताउती गरिरहेका छन्। 

तालिबानले काबुल, कंधार र मजार–ए–शरीफजस्ता ठूला शहरमा हरेक चौबाटोमा चेकपोस्ट बनाएको छ। यहाँ तालिबानी लडाकू तैनाथ छन् जसले यहाँबाट हिँड्ने हरेक व्यक्तिलाई अनुसन्धान गरेपछि मात्रै उनीहरुलाई अघि बढ्न दिन्छन्। सडकमा बख्तरबन्द गाडी, कार र बस गुडिरहेको देख्न सकिन्छ। तालिबानका लडाकू खुल्ला जीवमा सडकमा जीतको उत्सव मनाइरहेका छन्। यी सबका बीच अफगानिस्तानका सर्वसाधारणले बुझ्न सकिरहेका छैनन् कि आखिर ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ’। 

काबुलमा जताततै गोलीबारी र लुटपाटको खबर छ। सरकारी एजेन्सीका अफिसमा लुटपाट भएको छ। यता तालिबानले भने उनीहरुको नाममा अराजक तत्वले लुटपाट गरिरहेको बताइरहेको छ। संवेदनशील दस्तावेज जलाइएको छ। लुटपाट गर्नेहरुमाथि तालिबानी लडाकूले गोली पनि चलाएका छन्।



सोमबार ३२, साउन २०७८ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.