धनगढीबाट डडेल्धुरा गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

नजिक न्युज संवाददाता    

धनगढीबाट डडेल्धुरा गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझ गोदावरीको पुल नजिक दुर्घटना हुँदा ट्रक चालक बैतडीको सिगास गाउँपालिका – ९ बाचपानीका का ३५ बर्षीय रामसिह महराको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै भने समान्य घाइते छन्। 



शुक्रबार २९, साउन २०७८ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.