डडेल्धुरा: डडेल्धुरामा एक व्यापारीमाथि चक्कु प्रहार भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका २ का स्थानीय व्यापारी खेमराज अवस्थीमाथि बिहीबार बेलुकी चक्कु प्रहार भएको हो।
खेमराजका दाजु पदमराज अवस्थीका अनुसार उनको भाईको रक्सीको पसल छ। र, रक्सी किन्ने समयमा मूल्य बढी भयो भनेर दुई जनाले एक्कासी चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहार गर्नेलाई आफूले राम्रोसँग नचिने पनि उनीहरू गन्यापधुरा गाउँपालिकाका रहेको उनको भनाइ छ। घाइते अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ।उनको हात र कानमा चोट लागेको छ। आक्रमण गर्नेहरू फरार रहेकोले खोजी कार्य भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले चक्कु प्रहार भएको हो वा होइन भनेर भन्नन नसक्ने बताए। उनले घाइतेका आफन्तले चक्कु प्रहार गरेको भने पनि आक्रमण गर्नेहरूलाई पक्राउ गरेपछि थप कुरा बाहिर आउने बताए।
प्रतिकृया दिनुहोस