रानीवनको राजधानी यात्रा : सुपकै पहिलो डिभिजन लिग खेल्ने क्लब बन्दै !

नजिक न्युज संवाददाता    

रानीवनको राजधानी यात्रा : सुपकै पहिलो डिभिजन लिग खेल्ने क्लब बन्दै !

बाजुरा : रानीवन स्पोर्टस क्लब बाजुराले यो वर्षबाट सि डिभिजन लिग छनोट खेलमा भाग लिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिग चरणको छनोट खेलमा रानीवनले पहिलो पटक भाग लिन लागेको हो ।
आगामी भदौ १० गतेबाट काठमाडौंमा सञ्चालन हुने सि डिभिजन छनोट खेलमा भाग लिने क्लबका अध्यक्ष धुब्रबहादुर रोकायाले बताएका छन् । खेलमा भाग लिने गरि क्लब एन्फामा दर्ता भइसकेको र खेलाडी समेत काठमाडौं पुगिसकेको अध्यक्ष रोकायाले जानकारी दिएका छन् ।

रानीवन स्पोर्टस क्लब सि डिभिजन लिग छनोट खेल्ने सुदूरपश्चिमकै पहिलो क्लब बनेको छ । खेलाडीले व्यक्तिगत रुपमा डिभिजन लिग छनोट खेल खेलेपनि संस्थागत प्रतिनिधित्व भने सुदूरपश्चिमबाटै रानीवनले नै पहिलो पटक गर्न लागेको हो ।
खेलमा सहभागि मध्येबाट ३ वटा टिमले सि डिभिजनको मान्यता पाउने छन् । २३ खेलाडी सहभागि हुने खेलमा रानीवनबाट अधिकांश बाजुराकै खेलाडी सहभागि गराइने क्लबका सल्लाहकार नरेश रोकायाले बताएका छन् ।

‘हामी हाम्रै जिल्ला बाजुराबाट उत्कृष्ट खेलाडीलाई सहभागि गराउने तयारीमा छौं, त्यसमा केही सुदूरपश्चिमका अरु जिल्लाबाट पनि थप्ने सोच बनाएको सल्लाहकार रोकायाले भन्नु भयो ।’ २३ जना मध्ये १५ बढी बाजुराकै खेलाडी खेल्ने छन्, भने बाँकी अरु जिल्लाबाट सहभागि गराउने क्लबले तयारी गरेको छ । 

उदेश्य सि डिभिजन छनोटकै हो, तर पहिलो पटक अनुभव र सिकाइका लागि भएपनि राम्रो खेल प्रर्दशन गर्न सकियो भन्ने मान्यताका साथ हाम्रो तयारी छ, क्लबका अध्यक्ष धुब्रबहादुर रोकायाको भनाई छ । रानीवन जिल्लाकै उत्कृष्ट खेलाडी र प्रतिष्ठीत क्लब हो ।

२०६४ सालबाट जिल्लामा खेलकुदका गतिविधी आयोजना गर्दै आएको रानीवनले जिल्ला बाहिरबाट ठुला उपाधी जित्न सफल छ । १४ वर्षको अवधीमा रानीवनले जिल्ला भित्रै २२ बढी आफ्नै आयोजनामा खेल सञ्चालन गरेको छ । भने दुई दर्जन बढी जिल्ला स्तरीय खेलमा भाग लिएको छ ।

जिल्ला बाहिर २ पटक विजेता र २ पटक उपविजेता बन्न सफल रानीवनले कैलाली, डोटी, अछाम र कालिकोट जिल्लामा गएर खेलमा भाग लिइसकेको छ । आवश्यक प्रशिक्षण र लगानी अभावका बीच पनि सुदूरपश्चिमै उत्कृष्ट क्लबका रुपमा रानीवन स्थापित हुन सफल क्लब हो ।

बिशेषतः फुटबल खेलाडीको बेर्ना क्लबकै रुपमा परिचित रानीवनले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । जिल्लामा हुने खेलकुद प्रतियोगिता सँगै आफ्नो स्तर जिल्ला बाहिर पनि स्थापित गर्न सि डिभिजन छनोट खेल्ने अठोट गरेको क्लबले बताएको छ ।

जिल्लाका खेलाडीहरुको खेलप्रतिको रुचीका कारण नै आर्थिक रुपमा कठिन भएपनि छनोटमा भाग लिन लागिएको रानीवनले बताएको छ । फुटबल प्रति खेलाडी भाईहरुको रुचीका कारण हामीले सहभागिता जनाउने निर्णय गरेका हौं । कठिन छ तर पनि सुदूरपश्चिमबाट सबैको सहयोग रहने अपेक्षा गरेका छौं, सल्लाहकार नरेश रोकायाले भन्नु भयो ’.|

लगानी प्रशिक्षण र मैदानको अभाव छ । त्यसका बाबजुद पनि युवाहरुमा फुटबल प्रतिको आकर्षण छ भन्ने सन्देश दिनका लागि रानीवनले राजधानीसम्मको यात्रा रोजेको क्लबले बताएको छ । भविष्यमा एन्फाले बाजुरालाई पनि आफ्नो संगठन भित्र राखोस् भन्ने चाहना हाम्रो छ । त्यसका लागि हामीले आफ्नो ठाँउको फुटबललाई चिनाउने यो एउटा प्रयास हो ।’

जिल्लामा संस्थागत रुपमै दर्ता भएका करिब दर्जनको संख्यामा क्लब छन् । तर रानीवन अरुभन्दा उत्कृष्ठ र बढी खेलाडी भएको क्लब हो । रानीवनबाटै उत्पादन भएका खेलाडीले अण्डर १८ का राष्ट्रिय खेलमा पुलिस क्लब, जाउलाखेल क्लबबाट पनि खेलिसकेका छन् । 

रानीवन बाटै हिमाल बडुवाल, मनोज रोकाया र सागर शर्माले रानीवन बाटै सि डिभिजन खेल यस अघि नै खेलीसकेका छन् ।  बाजुराको क्लब सि डिभिजन छनोट खेल खेल्नु जिल्लाकै गौरवको विषय हो । जिल्लाका खेलाडीको शान बढेको भन्दै खेलाडी उत्साहीत बनेका छन् । 

 



सोमबार २५, साउन २०७८ ०२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.