त्रिवेणीका जनप्रतिनिधी महिलालाई नेतृत्व क्षमता विकास तालिम

नजिक न्युज संवाददाता    

त्रिवेणीका जनप्रतिनिधी महिलालाई नेतृत्व क्षमता विकास तालिम

बाजुरा :  त्रिवेणी नगरपालिकाका जनप्रतिनिधी र अगुवा महिलालाई नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । जनप्रतिनिधी महिलाको क्षमता विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सञ्चालन गरिएको हो ।
महिला विकास मञ्च र टेवा नेपालको सयुक्त सहकार्यमा सञ्चालित पेभ कार्यक्रम अन्र्तगत नगरपालिकाका १९ जना महिला जनप्रतिनिधी र ९ जना अगुवा महिलालाई तालिम प्रलदान गरिएको हो ।

जनप्रतिनिधी महिलाहरु नामले मात्र नभइ कामले नै नेतृत्व लिन सकुन भन्ने उदेश्य सहीत तालिम सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताएकी छन् ।

कार्यक्रम गएको वर्षदेखि बडिमालिका र त्रिवेणी नगरपालिकामा सञ्चालन भइरहेको छ । बडिमालिकाका २८ जना महिलाका लागि हिजो मात्र तालिम सञ्चालन गरिएको थियो । आजबाट फेरि त्रिवेणी नगरपालिकाका २८ जना सहभागि सहीतको तालिम सञ्चालन गरिएको पेभ कार्यक्रमका सामाजिक परिचालक विक्रम साउँदले जानकारी दिएका छन् ।

सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता कार्यक्रमलाई वुमनकाइन्ड युकेको सहयोगमा परियोजना सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिकाको हलमा आयोजना गरिएको तालिम महिला विकास मञ्चका पूर्व अध्यक्ष जुना दानीको अध्यक्षतामा सञ्चालन गरिएको हो ।

तुलाराम जैशीले सहजिकरण गरिराख्नु भएको तालिममा महिला नेतृत्व, क्षमता विकास, जनप्रतिनिधी महिलाको भूमिका, काम कर्तव्य र अधिकार, नेतृत्वमा हुनु पर्ने गुण र बिशेषता बारे जानकारी गराइएको छ । 

 



बुधबार २०, साउन २०७८ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.