युथ फोर्स बाजुराको संयोजकमा आरसी रोकाया

नजिक न्युज संवाददाता    

युथ फोर्स बाजुराको संयोजकमा आरसी रोकाया

बाजुरा : युथ फोर्स नेपाल बाजुराको संयोजकको जिम्मेवारी रामचन्द्र रोकाया (आरसी)ले पाएका छन् । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ अन्र्तगत गठन गरिएको युथ फोर्स जिल्ला कमिटीको संयोजक आरसी रोकायालाई तोकिएको हो ।

सिंगो जिल्ला कमिटी पछि घोषणा गर्ने गरि संयोजकको जिम्मा रोकायालाई दिइएको युवा संघ नेपालका केन्द्रीय सचिव गणेश थापाले बताएका छन् । जिल्ला कमिटी भव्य समारोह र युवाहरुको शक्ति प्रर्दशनका साथ घोषणा गर्ने तयारी गरिएको छ ।

पार्टी संगठनको युवा मोर्चालाई कमाण्ड गर्ने गरि रोकायाले जिम्मेवारी पाएका हुन् । संयोजकको जिम्मेवारी पाएका आरसी रोकाया युवा संघ बाजुराको सचिवालय सदस्य हुन् । जिल्लामा युवा परिचालन र युवा शक्तिको समर्थन रहेका मध्येका नामी युवामा आरसी रोकाया पर्ने गरेका छन् । 

एमालेले विकास निर्माणको खबरदारी, पार्टी संगठनको सुरक्षा र संरक्षण, अराजक र गलत प्रवृत्तीको अन्त्यका लागि शक्ति प्रयोग गर्नकै लागि युथ फोर्स गठन गरेको हो । जिल्लामा हुने भ्रष्टाचार, गलत प्रवृत्ती र अराजकता विरुद्ध रचनात्मक दबाब र प्रतिकारका लागि युथ फोर्स अग्र भागमा रहेर काम गर्ने संयोजक आरसी रोकायाले बताएका छन् ।

कमिटीका अन्य पदाधिकारी र सदस्यहरुको भने केही दिनमा टुंगो लगाउने युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य डेनिश शाहीले बताएका छन् । बिशेष सुरक्षा दस्ता संगठनको पछि युवा परिचालन तथा पार्टी संगठनका पक्षमा रक्षा दस्ताका रुपमा युथ फोर्सले काम गर्ने भएको छ । 

नेकपा एमालेले युवा संघकैै भाइसंगठनका रुपमा विशुद्ध शक्तिवान योग्य युवाहरुको संगठनलाई युथ फोर्सको नाम दिएर गठन गरेको हो । बीचमा हराएपनि पुनः पार्टी र देशलाई आवश्यक रहेको भन्दै युथ फोर्स ब्यूँत्याइएको छ । 

सुरुमा नेकपा एमालेले माओवादीको यवा संगठन वाइसीयलको व्यादती विरुद्ध लड्न भनेर युथ फोर्सको अवधारणा ल्याएर गठन गरेको थियो । 



सोमबार १८, साउन २०७८ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.