बिडारीले भनेः भारतले दादागिरी गर्‍यो

नजिक न्युज संवाददाता    

बिडारीले भनेः भारतले दादागिरी गर्‍यो

काठमाडौंः राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले महाकाली सन्धिकै कारण भारतले नेपाली युवाको हत्या गर्ने हिम्मत गरेको आरोप लगाएका छन्। महाकाली सन्धिमा सो नदीलाई साझा भनिएका कारण भारतीय पक्षले नेपालमाथि दादागिरी देखाएको आरोप बिडारीको छ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै बिडारीले भने, ‘महाकाली सन्धि बेइमानीपूर्वक गरेको भनेर नेपालीले धेरै आन्दोलन गरे। महाकाली सन्धिले सो नदीलाई साझा भनेका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरेका हुन्। यसमा सरकारको कुरा के छ ?’



सोमबार १८, साउन २०७८ ०६:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.