धनगढीः आइतबार बिहान आफ्ना छोराछारीलाई खोप लगाउन कैलालीको मोहन्यालबाट महिलाको समूह स्वास्थ्यचौकीतर्फ लाग्यो। बच्चालाई खोप लगाएर बेलुका घर फर्केर घरको काम भ्याउनुपर्ने हतारोमा उनीहरू थिए।
तर, मोहन्यालबाट सुर्खेतको चौकुने हिडेका उनीहरु सवार डुंगा कर्णाली नदीमा एकाएक पल्टियो। डुँगा पल्टिदा ३ जना बेपत्ता भए। एक महिलाको त्यही मृत्यु भयो।त्यही डुंगामा सवार थिइन् चार महिने बच्चासहित मोहन्यालकी हर्षना आलेमगर। आलेले पल्टिएको डुंगा कर्णाली डुबेपछि पौडिएर आफ्नो र बच्चाको ज्यान जोगाउन सफल भएकी छन्।
दुर्घटनाबाट बाचेकी उनी आाफ्नो बच्चालाई खोप नछुटोस भनेर चौकुने गाउँपालिका सुर्खेतको बिजौरा स्वास्थ्य चौकी पुगेकी छन्। स्वास्थ्य चौकी पुगेर उनले आफ्नो बच्चालाई नियमित खोप लगाएको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिएका छन्।
उनलाई उपचारका लागि सोल्टा स्वास्थ्य चौकी लैजाने भनिएको थियो तर उनले आफ्नो बच्चाको खोप अनिवार्य भएको भन्दै स्वास्थ्य चौकी गएको बताईन्। अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। -साभार दिनेशखबर
प्रतिकृया दिनुहोस