सरकार भारतको गुलाम बनेको भन्दै युथफोर्स बाजुराको विरोध

नजिक न्युज संवाददाता    

सरकार भारतको गुलाम बनेको भन्दै युथफोर्स बाजुराको विरोध

बाजुरा : युथफोर्स बाजुराले सरकार विरुद्ध सदरमुकाम मार्तडीमा र्यालीसहित प्रदर्शन गरेको छ । सरकार भारतको गुलाम बनेको भन्दै युथफोर्स बाजुराले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

युथफोर्स नेपाल बाजुराले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली तर्ने क्रममा तुइन काटिदिँएको विरोधमा समेत विरोध प्रदर्शन गरिएको छ । तुइन काटी नेपाली युवा जयसिंह धामीकाे मृत्यु भएकाे घटना थाहा भएर पनि सरकार बेखबर जस्तै बन्नुका साथै सरकार भारतको गुलामी बनेको भन्दै युथफोर्सका युवाहरु नाराबाजी लगाएर विराेध गरेका हुन ।

युथफोर्सको आयोजनामा सोमबार जिल्ला सदरमुकाम मार्तडीमा विरोध प्रदर्शन गरिएको हो । त्यस्तै विरोध र्यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता मुर्दावाद, लगायतका नारा लगाइएर बडीमालिका नगरपालिका–८ रावल बाडा, थापा बाडा हुदैँ बजारको लोकतान्त्रिक, गैरीबजार परिक्रम गरिएको थियो ।  

नेपालीले कुनै पनि हत्या हिंसा, भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचारे र सरकार भारतको गुलामी बनेर नेपालीलाई दःख दिएको सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रिने युवाहरुले बताएका छन् ।

यस्तै बडीमालिका मन्दिर सरसफाई पनि गरेको छ । मन्दिर वरिपरि फोहोर कागजका टक्रा र फोहोर बस्तुलाई व्यवस्थापन गरी मन्दिर सफा गरेको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी सचिव लक्ष्मण रोकायाले बताएका छन् ।  

विरोध पदर्शनमा अनेरास्ववियु जिल्ला संयोजक राजिव रोकाया, कार्यालय सदस्य टेक सुनार, इन्द्रं बोहरा, युवा संघका केन्द्रीय सदस्य मिलजङ ऐडी, कार्यालय सदस्य अमृत जोशी, युवा नेता लक्ष्मण रोकाया, आर्सी रोकाया, निशान्त रोकाया लगायतको सहभागिता रहेको थियो ।

No description available.



सोमबार १८, साउन २०७८ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.