शनिबारको दिन सरकारी गाडीमा निप्रजिअ परिवारको घुमफिर

नजिक न्युज संवाददाता    

शनिबारको दिन सरकारी गाडीमा निप्रजिअ परिवारको घुमफिर

बाजुरा : सरकारी काम बाहेक शनिवारको दिन सरकारी सवारी साधान चलाउन नपाइने प्रावधान छ । अतिआवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्था विपरित कार्य हुने गरेको छ ।

नियम विपरित सरकार सवारी साधानको बाजुरा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले पनि दुरुपयोग गरेका छन् । शनिबारको दिन विना काम घर परिवार सहीत केही छिमेकीहरुलाई लिएर घुम्न गएको पाइएको छ । 

आफै निमित्त प्रमुख जिल्ला अधिकारी भएपनि भण्डारीले निर्धक्क सरकारी गाडीमा श्रीमति सहीत केही नजिक बस्ने चिनजानका व्यक्तिहरुलाई राखेर घुमिफिर गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी घर विदामा जिल्ला बाहिर गएपछि सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी निमित्तको भूमिकामा छन् ।

शनिबार अधिकारी समीर भण्डारी आफ्नो परिवारसहित लिएर विरेखोला झरनामा रमाउन गएका थिए । विदा सरकारी सवारी गाडी लिएर मार्तडी नजिकको गन्तव्यमा घुम्न गएका थिए । बिदाको दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । 

भण्डारी भने जिल्ला प्रशासनको गाडी लिएर आफ्नो श्रीमती र बैंकका प्रवन्धकसहित अन्य केही व्यक्तिहरु गाडीमा सवार थिए । विदाको दिन अत्यावश्यक काममा बाहेक सरकारी गाडी चलाउन नपाइने भएपनि भण्डारी सहीतको टिम विरेखोला झरनामा मस्ती गर्न गएको भिडियोसहित नजिक न्युजले कैद गरेको छ । 

वि.एए ६५७७ प्लेट नम्बर भएको गाडीमा ४ जना महिला र तीन जना पुरुष सवार थिए । ती मध्ये एक जना निप्रजिअकै श्रीमती र अरु चिनजानको रहेको बुझिएको छ । यस्तैे राष्ट्रिय बाणिज्य बैंकका प्रवन्धक पनि उक्त गाडीमा सवार थिए ।

अरुलाई नियम सिकाउने र कार्यान्वयन गराउने निकायमा प्रमुख नै नियमको खिल्ली उडानमा मस्त छन् । आफू अनुकुल नियम कानुन कार्यान्वयन गर्ने गरेको पाइएपछि सर्वसाधारण समेत आक्रोशित छन् । चालक अनुमति पत्र र हेलमेट समेत नलगाएर सरकारी सवारी साधान चलाउँदा समेत बेखबर हुने प्रहरी प्रशासन केहीका लागि मोटरसाइकलको आवाज ठूलो हुँदा समेत समात्ने गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बाटोको अवस्था हेर्न आएको जिकिर गरेपनि भिडियो सुरक्षित रहेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सवार गाडीको भिडियो र तस्वीरहरु छन् । जसमा पृष्ठभूमीमा विरेखोला झरनाको गेट र नजिकै रहेको होटेल अगाडी प्रष्ट देख्न सकिन्छ ।

वीरेखोला पुगेका अधिकांशले निमित्त प्रमुख जिल्ला अधिकारीको आलोचना गरेका छन् । ‘यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु राम्रो होइन’, विरेखोला भरनामा रमाउन गएका दिल बहादुर कुवरले भने, ‘सरकारी गाडीमा परिवारसहित अन्य कसैलाई लिएर रमाइलो गर्न आउनु मलाई राम्रो लागेन ।’ 

सरकारी गाडी सार्वजनिक विदाको दिन नचलाउने र अत्यावश्यक कामामा पनि जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र चलाउने मिल्ने नियम छ । तर त्यही नियम उलंघन गरेको र जनताको कर तिरेको दुरुपयोग गरेको उनको भनाई छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले भने आफू परिवारसित घुम्न आएको नभइ काम विशेषले विरेखोला झरनामा रेलिङ्ग अनुगमनमा आएको जिकिर गरेका छन् । आफूसहित उनको परिवार र उहाँसंग गएकाहरु विरेखोला झरनामा रमाएर कपडा भिजेका प्रष्ट देखिन्छन् । 

विरेखोला नजिकै गाडी राखेको थियो । झरनामा रमाएर आएपछि गाडीमा सवार महिला झरनाको गेट नजिकै गाडीमा चढे उहाँसहित बैंकका प्रवन्धक र एक जना अर्का विरेखोला झरना गेटबाट १०÷१५ मिनेट हिडेर लुकीक्षिपी गाडीमा चढेका थिए । घटना सामान्य जस्तो लागेपनि सुशासन सिकाउने निकायका प्रमुखबाटै भएको यस्तो हुनु राम्रो नभएको सर्वसाधारणको प्रतिक्रिया छ । 



आइतबार १७, साउन २०७८ ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.