बाहुँनीको प्याजले बजार पाएन, किसान चिन्तित

प्याजले बजार नपाएर कुहिन थाल्याे

नजिक न्युज संवाददाता    

बाहुँनीको प्याजले बजार पाएन, किसान चिन्तित

बाजुरा : विगतका वर्षमा गहुँ फल्ने खेतमा प्याज लगाउँदा यसपालि बाजुराको स्वामीकार्तिकस्थित बाहुँनीका किसाले राम्रै उत्पादन गरेको छ ।        

प्याजको पकेट क्षेत्रको रुपमा चिनिँदै आएको स्वामीकार्तिक खापर गाउँपालिका–१ बाहुँनीका किसानहरु विगतका वर्षमा आफूलाई खान पुग्ने गरी मात्र प्याज लगाउने गर्थे । यो वर्ष गहुँ फल्ने सबै खेतमा प्याज रोपेपछि सोचे भन्दा राम्रो उत्पादन भएको छ ।

बाहुँनी गाउँका ४० घरधुरीका किसानले १२ हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब २० देखि ६० क्विन्टल प्याज फलाए । उत्पादन राम्रै भयो । ठूलो परिमाणमा उत्पादित प्याजले बजार पाउन सकेन । यसका कारण किसान मर्कामा परेका छन् । 

प्याजबाट राम्रै आम्दानी हुन्छ भनेर गहुँ फल्ने खेतमा यो वर्ष प्याज रोपेका थियौ । प्याज हामीले सोचेको भन्दा पनि राम्रो फल्यो । प्याज त फल्यो तर हाम्रो प्याजले बजार नपाएर कुहिन थालेको छ । स्वामीकार्तिक खापर गाउँपालिका–१ बाउँनीका स्थानीय हंशबहादुर विकले भने । प्याज घरभित्र राख्ने ठाउँ नभएर गाई बाध्ने गोठमा पनि भरियो । नजिकैको बजारमा लैजाउँँ भने मेरो मात्र नभएर सबै दाजुभाईको छ । टाढाँको बजारसम्म लैजाउँ त बाटो छैन् उनले गुनासो गरे ।  

विकले थप भने, ‘अन्न भएको भए केही भकारीमा राख्थ्यौं । केही खान्थ्यौं । तर, प्याज खानाका रुपमा खान पनि नमिल्ने । गहुँ फल्ने खेतमा प्याज रोपेर बर्वात भयो । अब समयमा नै बजार पु¥याइएन भने वर्षभरीको हाम्रो मिहेनत डुब्ने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक वर्षमा स्वामीकार्तिक खापर गाउँपालिका–१ बाउँनीलाई प्याजको पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम आएपछि किसानहरुले गाउँमा रहेको १२ हेक्टर जमिनमा प्याज खेती लगाएका थिए ।

प्याज सोचेभन्दा धेरै उत्पादन भएपछि प्याज भण्डारण ताथ राम्रा व्यवस्थापन नहुँदा कुहिन थालेको छ । प्याज कुहिन थालेपछि पुरै गाउँमा गन्हाउने थालेको छ । अर्का किसान सतल विकले भने अन्न फल्ने खेतभरी प्याज लगाएका थियौं । प्याज धेरै फल्यो बजारीकरणको समस्या भएको छ । गाउँमा धेरै प्याज कुहिएको छ । बाँकी रहेको प्याज समेत कुहिने होकी भन्ने चिन्ता बढेको छ ।

गाउँमा प्याज खेती गरेर आम्दानी हुने अभियान सञ्चालन गरियो । अभियान अनुसार प्याज पनि फल्यो तर, प्याज बजारमा लैजान नसकी कुहिन लागेको छ । लकडाउन अगाडि घरमा राख्ने ठाउँ नभएर स्कुलमा राख्यौं । तर, अहिले स्कुल सञ्चालन भएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको छ’, रमेश बिकले भने ।

‘गाउँमा सबै भन्दा बढी मैले प्याज फलाएको थिएँ । खेतबाट बोकेर घर पु¥याइयो । ६० क्विन्टल प्याज घर पु¥याउँदा घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो । आधा भन्दा बढी सुकाउने ठाउँ नभएर कुहिएर खेर गयो । पैसा समाउने बेला आफ्नो सम्पति कुहिदा मन सारै रोएको छ । गाउँ भरी प्याज कुहिएर गन्हाउने भएको छ’, दीपक बिकले गुनासो पोखे ।

स्वामीकार्तिक खापर गाउँपालिका कृषि शाखा संयोजक नरेश कुमार रोकायाका अनुसार प्याजको एउटै दाना एक केजी सम्मको रहेको छ । उनले भने, ‘हामीले सोचे भन्दा धेरै प्याज फलेको छ । गाउँमा सुकाउने ब्यवस्थापन नहुँदा सडेर गाउँनै गन्हाउने भएको छ । हामीले जिल्लालाई खबर गरेका छौं, केही दिनमा समाधान होला ।

यता कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले किसानले सोचे भन्दा बढी प्याज उत्पादन भएको बताएका छन् । प्याज ब्यवस्थापनका लागि हामीले ढुवानी प्रबन्ध मिलाई रहेको बताए ।  वर्षातका कारण बाटो बिग्रेर ल्याउन सकिएको छैन । अब बाटो नखुलिन्जेलसम्म खच्चरबाट समेत ढुवानी गर्ने कि भन्ने योजना बनाइरहेको जोशीले बताएका छन् ।



बिहिबार १४, साउन २०७८ ०८:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.