खप्तडमा ढकमक्क फुले फूल : हेर्न पाइन्छ, छुन पाइँदैन (फोटो फिचर)

नजिक न्युज संवाददाता    

खप्तडमा ढकमक्क फुले फूल : हेर्न पाइन्छ, छुन पाइँदैन (फोटो फिचर)

प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ दह र ३२ पाटन (घाँसे मैदान) रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै यात्रीको थकान मेटिन्छ ।

त्रिवेणी धाम, खप्तड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

फूल फुल्ने भएकाले खप्तड घुम्नका लागि साउन/भदौ महीनाको समयमा महत्वपूर्ण मानिन्छ । साउन महीनादेखि ‘भुईं फूल’ फूल्न थाल्छन् भदौका अन्तिमसम्मै फुलिरहन्छन् । खप्तडमा ५४३ जातका यस्ता ‘भुईं फूल’हरु छन् ।

खप्तड क्षेत्रमा ढकमक्क फूलेका यी फूलहरु  हेर्न त पाइन्छ तर सबैलाई छुन चाहिं पाइँदैन । यीमध्ये केही फूलहरु विषालु हुन्छन् । यदि फूलमा छोइहालियो भने अमिलो खानेकुराले त्यसको विष काट्छ । त्यसैले यो समय खप्तड जानेहरुले अमिलो कुरा बोकेर लैजानुपर्छ ।

चैत वैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ । मंसिरदेखि फागुन/चैत्रसम्मको समयमा खप्तडमा बाक्लो हिउँ जम्ने गरेका कारण हिउँप्रेमीहरुका लागि उपयुक्त समय मानिन्छ ।

कसरी पुग्ने ?

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल खप्तडका लागि मुख्य प्रवेशद्वार डोटीको सिलगढीलाई लिइन्छ । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीबाट करीब ६ घण्टाको सडक यात्रापछि सिलगढी पुगिन्छ । सिलगढीदेखि बगलेगसम्म करीब १० किलोमिटर सडक कालोपत्रे भएसँगै खप्तडको यात्रा झन् सहज भएको छ ।

बगलेदेखि करीब सात किलोमिटर कच्ची सडकको यात्रा गर्दा झिग्राना पुगिन्छ । झिग्रानासम्मको सडक पनि कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ । झिग्रानामा खप्तड होमस्टेको व्यवस्था रहेको छ ।

झिग्रानाबाट करीब पाँच घण्टाको पैदल दुरीपछि बिचपानी पुगिन्छ । बिचपानीबाट मनोरम खप्तड क्षेत्र देखिन शुरु हुन्छ । बिचपानीमा खप्तड पर्यटन क्षेत्रले निर्माण गरेको गेष्ट हाउस र केही निजी क्षेत्रबाट सञ्चालनमा रहेका होटेलहरु छन् । बझाङको तमैलबाट पनि खप्तड जान सकिन्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ ।

लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट दुई घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । त्यसपछि उकालो बाटो करीब चार घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ ।

समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।खप्तड क्षेत्रमा रहेका २२ वटा ठूल–ठूला पाटनमा फुलेका रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन्।  ठूला ढुङ्गामा नाग ढुङ्गा, हरिन चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रयाइ घट्ट छ्याई पानी, भिम लौणी लगायतका आकृति रहेका छन्। त्यहाँ सहस्र लिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता शक्तिपीठहरु रहेका छन्। May be an image of 2 people, including Shristi Regmi, flower and natureMay be an image of Shristi Regmi, standing, tree, nature, mountain and grassMay be an image of Daman Bista and Shristi Regmi, people standing, Indian paintbrush and nature

May be an image of nature, grass and mountainMay be an image of Daman Bista, globe amaranth and natureMay be an image of Shristi Regmi, flower and nature



बिहिबार १४, साउन २०७८ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.