बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित सिमलेकबाट एकना भरुवा बन्दुकसहित परेका छन् । पक्राउ पर्नेमा सोही वडाको मनीकाडा गोत्रीका ४२ वर्षीय ऐनबहादुर रावल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

लेकको खर्कमा भरेर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताए। रावललाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। 



बिहिबार १४, साउन २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.